कैलालीमा चट्याङमा परी आज एक महिलाको मृत्यु भएको छ ।
कैलारी गाउँपालिका–१ की ५६ वर्षीया सुगपंखीदेवी चौधरीको चट्याङबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । घर नजिकैको खेतमा रोपाइँ गर्ने बेला उनी चट्याङबाट घाइते भएकी थिइन् । उपचारका लागी सेती प्रादेशिक अस्पताल धनगढी ल्याउने क्रममा चौधरीको बाटोमै मृत्यु भएको प्रनाउ जोशीले बताउनुभयो ।
त्यस्तै चट्याङबाट कैलारी–३ का ३२ वर्षीय धनिराम चौधरी र सोही गाउँपालिका–४ का ३४ वर्षीय कृष्ण चौधरी चट्याङ लागेर घाइते भएका छन् । आफ्नै खेतमा धानको बीउ निकाल्ने क्रममा चट्याङ पर्न गई दुवै जना घाइते भएका हुन् । दुवैजनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
प्रतिक्रिया