×

खानेपानी आयोजनाले स्थानीयवासी हर्षित

images

जुम्लाको तातोपानी गाउँपालिका ७ स्थित दुर्गम बारागाउँमा खानेपानी आयोजना निर्माण भएपछि स्थानीयवासी हर्षित भएका छन् । सो गाउँका ५१ वर्षीय पुनिबल रावतका अनुसार चार दशक पिउने पानीकै लागि संघर्ष गर्नुप¥यो । 

 एक गाग्री पानीका लागि घण्टौँ लाइन बस्नुपर्ने र कसैले भुलेर पालो मिचेपछि आपसमा हुने द्वन्द्वका दुःखद क्षण पुनिबल अहिले पनि झलझल्ती सम्झिनुहन्छ । गाउँमा वर्षैदेखि खानेपानी अभाव हुँदाको पीडा पुनिबल भन्दा बारागाउँकी सन्तली रावतले बढी भोग्नु परेको छ । एक गाग्री पानीका लागि घर छिमेकीसँग भनाभन हुने, कुटाकुट हुने, समयको बचत नहुने अझ रित्तो गाग्री लिएर घर जाँदा गाली खानु परेको अनुभव सन्तलीले पोख्नुभयो । 
वर्षोपछि नमूना खानेपानी आयोजना निर्माण हुँदा पूरै गाउँबासीनै उत्साहित छन्  ।


 गाउँमा ठूलो खानेपानी आयोजना बनेको छ । यसबाट महिलालाई बढी राहत हुने आशा छ ।” सो खानेपानीबाट सरसफाई, सिँचाइसम्म सहज हुने स्थानीयवासी बताउँछन् ।

बारागाउँमा झण्डै १७२ घरधुरीमा ११ सय जनसङ्ख्या छ । गाउँमा बनेको बारागाउँ वृहत्त बहुउपयोगी खानेपानी आयोजनाले सहज बनाएको आयोजना निर्माण समितिका अध्यक्ष देवबहादुर रावतले जानकारी दिनुभयो ।  

पेश नेपाल जुम्लाद्धारा सञ्चालित क्याप्स कर्णाली परियोजनामार्फत बारागाउँमा नमूना वृहत बहुउपयोगी खानेपानी आयोजना बनेको हो । आयोजनाको ९५ प्रतिशत काम सकिएको छ । पेश नेपाल जुम्लाका अध्यक्ष किशोर न्यौपानले भन्नुभयो, “करिब ६० लाख २५ हजार लगानीमा २८ हजार लिटरका दुई वटा ट्याङ्की निर्माण गरिएको छ । करिब ६ किलोमिटर टाढा मुहानबाट खानेपानी लाइन ल्याइएको छ ।” बारागाउँबासीको आवश्यकतालाई मध्यनजर गरी वृहत्त खानेपानी आयोजना बनाएको पेश नेपाल जुम्लाका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

आयोजनाबाट गाउँमा  १७२ धारा निर्माण हुने भएका छन् । आयोजनाको ९० प्रतिशत काम पेश नेपालको लगानीमा सकिए पनि धारा निर्माण स्थानीयवासीले आफै गरेका छन् । धारा बनाउन मिटर, टुटी सबै उपलब्ध गराइएको छ । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले खानेपानी आयोजना प्रशंसायोग्य र नमूना भएको बताउनुभयो ।

मङ्गलबार १४ असार २०७९ ०२:३९ PM मा प्रकाशित

प्रतिक्रिया