×

मुक्तकम्लरीले सञ्चालन गरेको सहकारीलाई सहयोग

images

तुलसीपुर (दाङ), १४ चैतः मुक्तकम्लरीले सञ्चालन गरेको दाङ तुलसीपुर–१८ स्थित गन्यारी कृषि सहकारी संस्थालाई कुखुरापालन गर्न पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रले रु एक लाख २६ हजार प्रदान गरेको छ । 

कम्लरी मुक्त भएपछि उनीहरूलाई आर्थिक रूपमा सक्षम बनाउनुपर्ने भन्दै उक्त सहकारीलाई सहयोग गरिएको केन्द्रका अध्यक्ष डिल्ली रावतले बताउनुभयो । उहाँका अनुसार पाँच सय बढी महिला उक्त सहकारीमा आबद्ध छन् । सोही सहकारीले यसअघि रैथाने सिमठारो धान पनि उत्पादन गरेको थियो । जग्गा भाडामा लिएर विभिन्न तरकारीखेती गर्दै आएको संस्थाका अध्यक्ष लक्ष्मी चौधरीले बताउनुभयो ।
  
रकम हस्तान्तरण गर्नुहुँदै लुम्बिनी प्रदेशका निवर्तमान पूर्वअर्थमन्त्री तथा प्रदेशसभा सदस्य धनबहादुर मास्कीले मुक्तकम्लरीहरूलाई आत्मनिर्भर बनाउन सहयोग गरेकामा केन्द्रको सराहना गर्नुभयो । 

बुधबार १४ चैत २०८० १०:४७ AM मा प्रकाशित

प्रतिक्रिया