‘शिरमा हिउँ,पैतालामा जाडो,बिहे होस या नहोस बाजा बजाउ चाँडो ।’ दुलाहालाई निकै चटारो र घरपेटीलाई हतारो थियो । एकदिन जाडोको मौसममा सरकारी भयो ।
‘बचेर हिड्नु नत्र चिसोले ढाल्छ.’ गलाभरि माला,खादा र रुद्राक्षको खात थियो ।
निधार तथा गालाभरि शहिदको रगतझैं गाढा रातो रङमा उर्लिएको अबिर तप्तपिएको पसिना मुहारबाट झरेको थियो । उकुस मुकुसको निस्वासमा चिसो हिहि फ्वाक्क मुखमा छिर्याे । दुलाहा पुर्लुक्क ढले । सबैले मुखामुख गरेर चिच्याउन थाले ।
–‘यसपालीको चुनाव गयो ।’
–‘कसरी गयो त ?’
ढिपीवाल समाजहरु प्रश्न गर्न थाले ।
दुलाहाको मुहार फुस्रिदै गयो ।केही समयपछि अर्काे तनाब सुरुभयो । तनाबमा तिनले जुक्ति निकाले ।
–‘प्राथमिक उपचार विधि"
प्राथमिक उपचार विधिमा डाक्टर,बैद्य र झाँक्रीहरुले दुलाहालाई एउटै कुरा सिकाए ।
–‘ अबको सुरक्षा नीति "
त्यसपछि दुलाहा बिस्तारै मुर्छित अवस्थाबाट उठेर खुट्टा टेक्न लागे । उठ्दाउठ्दै दुलहीले झ्यालबाट हात हल्लाएर कराइन् ।
–‘टाटा-वाई"
दुलाहाले त्यसपछि जीवन जल पिउँर्दै निकै परसम्म दुलहीको अनुहारलाई हेरिरहे । हात हल्लाइरहे । कालो टोपी फुकालेर हातमा लिए । बाटोमा कसैले उदारतापूर्वक सोधे ।
–‘अब बाजा कस्तो बजाउने"
–‘छिःछि - धन्दा नमान्नु सत्ता हाम्रै हातमा छ ।"
जीवन जलको स्वाद र सात्विक बलमा ज्यान तङ्ग्रिरह्यो । तर मुहारमा खुसी थिएन । दुलाहाले गालाको माला,खादा,रुद्राक्ष र अबिर सुम्सुम्याएर भने- ‘ अब अरुलाई नै प्रेम गर्छु ।’
प्रतिक्रिया