×

मैले २ महिनामा तितो अनुभव गरेंः प्रधानमन्त्री प्रचण्ड

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन ७ गते संविधानले नचिनेका नाराहरु लागेको टिप्पणी गरेका छन् । आज महेन्द्रनारायण निधिको १०१औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

उनले संविधानले राजा,महाराजाहरुलाई कुनै अधिकार नदिएको स्मरण गराए । उनले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्विकार गर्न नसकिनेहरुसँगको सहकार्यले संशय पैदा गर्ने सुनाए ।

उनले आफूले यो कुराको तितो अनुभव दुई महिनामै गरेको सुनाए । उनले बेला बेलामा उतारचढाव भएपनि आफूहरु ठीक ठाउँमा आईहाल्ने गरेको सुनाए । उनले हिजो आफूले गर्व गरेको स्मरण गराएँ । उनले एमाले प्रतिपक्षमा जाने सुनाए । उनले आफूले देश र जनताको लागि अझ बढि निष्ठाको रुपमा काम गर्ने प्रतिबद्धता जनाए ।

शनिबार १३ फागुन २०७९ ०९:४३ PM मा प्रकाशित

प्रतिक्रिया