अबोध थिए पाइलाहरू
तिम्रो छाँतिमा टेक्दै गर्दा
अन्जान थिए आँखाहरू
तिम्रो दुनियाँ नियाल्दै गर्दा
सिकाएको थिएन कुनै पठशालाले जीवनको अर्थ
तिमीले सिकायौ
गह्रुङगो लागिरहने आफ्नै जिन्दगी
महत्व दिलायौ जिउनुको
मूल्य कबुलेर श्रम दिलायौ
समयको पला समाई चल्न सुझायौ
झरेको आँसु रोकेर हाँस्न सिकायौ
अईया १ भन्नुको दर्शन पढायौ
मेसिनको गतिमा रफ्तार दौडिन
र कफीको चुस्कीमा सास फेर्न सिकायौ
युद्वको चेपमा परेर
भोकमरीको नमिठो डकारो फालेको तिमी
कन्दमुल खोस्रेर प्राण अल्झाएको तिमी
जापानी उपनिवेश सहेर
क्षीण अवस्थामा गुज्रिएको तिमी
ईतिहाँस जीवित छ
तिनै ऐतिहाँसिक ऐना हेरेर
बगे पनि हेउन्देहरूमा चुपचाप
मुस्कुराउन जानेको छौ ख्यउलमा झर्ने सेतो हिउँहरूमा
सङघर्ष भन्नु सफल्ता रहेछ
अभावमा छट्पटिनु सम्पुर्णता रहेछ
कब्जामा पर्नु जीवन बुझ्नु रहेछ
तिमीलाई हेरेर
सिकिरहेछ आज म सङगै लाखौँ मजदुरहरूले
बाँच्नुको तात्पर्य
बशन्त बोकि ल्याउने फत्कोछहरूमा
बैजनी फूलेर
या त
शरद मग्मगाउने दान्फोङ र उन्हेङका पातहरूमा
रातो, पहेँलो रङ भरेर
जसरि तिमी रङगीन होली मनाउँछौ वनहरूमा
तेहिँबेला भत्किन्छ मेरो पनि
सादा जीउने अठोट
प्रकृतिकै रङगिन गम्छा ओढेर
छोप्छु, उघार्छु आफुलाई
जसरि बादलले घामलाई
घरि ढाकिदिन्छ, घरि खोलिदिन्छ
नभएका हैनन् तिमी सङग
स(साना गुणासोका त्यान्द्राहरू
तथापि छोपिदिन्छन् खुसिका उरुङ रुवाहरूले
जसरि माया गरेको मान्छेको एक दुईटा अवगुण
सहन सक्छ असल प्रेमीले
प्रिय कोरिया
यो सबै सबैको निम्ती
नतमस्तक छु म तिमीसङग
कम्सेकम् काँचो माटो जस्तो मेरो जिन्दगी
परिपक्व कुनै बर्तन बनाएर
छोडिदिएको छौ यो पाषाण युगमा
जो लड्न तयार छ अब चट्टानहरू सङग
यसर्थ,
कृतज्ञ छु म तिमीप्रति
आभारी छु तिमी सङग ।
शब्दार्थ कोरियन
हेउन्दे- कोरियाको ठुलो पपुलर समुन्द्र
ख्यउल- शिशिर ऋतु
फत्कोछ - पैँयु फूल (साँकुरा) बसन्त ऋतुमा फुल्ने
दान्फोङ - (Maple tree)
शरद ऋतुमा रातो हुन्छ पात
उन्हेङ – कोरियाको चिसो ठाउँतिर पाईने आकर्षक पात भएको रुख, शरद ऋतुको अन्तिम तिर पहेँलो आकर्षक हुन्छ पात ।
प्रतिक्रिया