काठमाडौं । बाराको अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक बस र ट्रक जुध्दा तीन जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।
दुर्घटनामा ट्रक चालक तनहुँ घर भएका २८ वषर्ीय पूर्ण गुरुङ, मकवानपुर हेटौंडाका बस चालक ४० वर्षीय हरि शम्शेर र अर्का एक पुरुषको मृत्यु भएको बारा प्रहरी प्रमुख सुरेशप्रसाद काˆलेले जानकारी दिए । उनीहरुको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
काकड्भिट्टाबाट काठमाडौँका लागि गुडेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक आज बुधबार बिहान २ बजे बाराको अमलेखगन्जमा एक आपसमा ठोक्किएका थिए ।
घाइतेहहरूको हेटौँडा अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।
प्रतिक्रिया