×

मुक्तक 

images


पूर्णिमाको चन्द्रमा झै दिनमै रात लाग्न थाल्यो
समयको पर्खाइमा तिमीबाट घात लाग्न थाल्यो
रात बढ्दै जान्छ यादको पोखरी खन्दै बिताउँछु
प्रिय खोइ नपिए पनि पिए झै मात लाग्न थाल्यो ।

 सम्झनामा दिए गुलाफ चुँडेर मनै चर्कायौ मलाई
  मायाको नाटक देखाई छुरा घोप्दै तर्सायौ मलाई
तिउन चखुवा बानी रहेछ माया फेरि रहने जताततै
आफैले दिएको पीडा पखाल्न झरी बर्सायौ मलाई ।

 प्रणय दिवसकोपछि नलाग मायामा धोका खाईसकेकाले
 वर्षमा एकदिन गुलाफ दिन नखोज अपमान पाईसकेकाले
 सच्चा माया त दुःख सुखमा पिलर भएर साथ दिने हुनुपर्छ
पुरानो भाचिएको पुल नखोज नयाँ पूल बनाई आइसकेकाले ।


 प्रिय तिमी जे भन् म तिमिलाई भेट्ने दाउमा छु
तिमीलाई भेट्नआफ्नो घर छोडी तिम्रै गाउँमा छु
तिम्रै तस्बिर छातीमा सजाएर आएको एकलै यहाँ 
मलाई एक्लो नपार सर्वस्व दिएर तिम्रै पाउमा छु ।
                                                               
                       

शुक्रबार​ ५ फागुन २०७९ ०५:५७ PM मा प्रकाशित

प्रतिक्रिया