काठमाडौँ । दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको कार्यसमितिको हालै बसेको बैठकले २०८० सालका तीन पुरस्कारका लागि प्रतिभाहरूको निर्णय गरेको छ ।
यस वर्षको 'शङ्कर कोइराला आख्यान पुरस्कार' आख्यानकार नारायण ढकाललाई, 'कुमार-सरस्वती पुरस्कार' समालोचक प्रा. डा. दयाराम श्रेष्ठलाई र 'चूडामणि व्याकरण-कोश पुरस्कार' शरद्चन्द्र वस्तीलाई अर्पण गर्ने निर्णय गरिएको छ । क्रमशः दुई पुरस्कारको राशी रु. २५,०००/-(पच्चीस हजार रुपैयाँ) रहेको छ भने 'चूडामणि व्याकरण-कोश पुरस्कार'को राशी रु. ५१,१११/- (एकाउन्न हजार एक सय एघार रुपैयाँ) रहेको छ ।
कोशकार तथा भाषाव्याकरणका क्षेत्रमा योगदान गर्नुभएका श्री चूडामणि गौतमले शब्दकोश लेखन तथा नेपाली व्याकरणका क्षेत्रमा योगदान गर्ने एक जना साधकलाई प्रदान गर्ने गरी दायित्व वाङ्मय प्रतिष्ठान, नेपालमा रु. ८,००,०००/- (आठ लाख रुपैयाँ) अक्षयकोषको स्थापना गर्नुभएको छ ।
'शङ्कर कोइराला आख्यान पुरस्कार' आख्यानकार शङ्कर कोइरालाको नाउँमा स्थापित पुरस्कार हो भने 'कुमार-सरस्वती पुरस्कार' समालोचक प्रा. डा. कुमारबहादुर जोशी र उहाँकी धर्मपत्नीका नाउँमा स्थापित पुरस्कार हो ।
यी पुरस्कारहरू आगामी २०८० मङ्सिर ९ गते शनिबार काठमाडौँमा एक समारोहको आयोजना गरी अर्पण गरिने छन् ।
Enter
Write to Chhabi Raman Silwal
प्रतिक्रिया