×

मन्टेस्वरी एसोसिएसन नेपाल TAFISA  को वार्षिक कार्यक्रम दशरथ रङशाला कबर्ड हलमा आयोजना हुने

images

मन्टेस्सरी एसोसिएसन नेपालको निप्स ताफिसा (Nepal Inter Preschool Sports-TAFISA 2024) कार्यक्रम फाल्गुन ११ र १२ गते मन्टेस्सरी प्रीस्कुलहरुको संगठन म्यान(MAN) ले भब्यरुपमा आफ्नो वार्षिक कार्यक्रम दशरथ रङशालाको कबर्ड हलमा आयोजना गरिने भएको छ ।

सो कार्यक्रममा २५ विध्यालयका एलकेजी र यूकेजीका ४०० बालबालिकाहरुलाई सहभागी गराइने छ ।

अन्तरास्ट्रिय खेलकुद संस्था TAFISA ताफिसाको सहमतीमा आयोजना हुने यस कार्यक्रमले बालबालिकाहरुलाई सानै उमेरदेखी खेलकुदको महत्व,खेलाडी जीवनमा अनुशासन बोध गराउन र सदस्य स्कुल माझ आपसी मेलमिलाप कायम गर्न सहयोग गर्नेछ।

सो कार्यक्रममा सहभागी बाबुनानीहरुमाझ प्रतिस्पर्धा नगराइ सहभागीको रुपमा बिशेस ब्यक्तित्वहरुद्वारा प्रतेकलाई पुरस्कार,टि-सर्ट,प्रमाण-पत्र प्रदान गरिने संस्थाका अद्यक्ष्य सुश्मा लामाले जानकारी दिनुभयो । सो कार्यक्रममा प्रतेक अभिभावक लगायत शुभचिन्तकहरुलाई सहभागी भइ बालबालिकाहरुलाई हौसला प्रदान गर्नहुन समेत अनुरोध गर्नुभयो ।

 

मङ्गलबार ३० माघ २०८० ०५:५४ PM मा प्रकाशित

प्रतिक्रिया