×

क्यानले रोक्यो श्री एयरलाइन्सका सबै उडान

images


काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्मका लागि सबै श्री एयरलाइन्सका जहाजलाई उडानमा रोक लगाएको छ । 
क्यानले आजैदेखि लागू हुने गरी श्री एयरलाइन्सका जहाजले कुनै पनि उडान गर्न नपाउने गरी रोक लगाएको हो  ।

विगतमा श्री एयरलाइन्सका प्राविधिकले सुरक्षा जाँच गर्दा प्राविधिक त्रुटि पाइएकाले अब क्यानको जाँचपछि उड्न योग्य भए÷नभएको परीक्षण गरेपछि  मात्रै जहाज उडान गर्न दिने छ ।  
 

शुक्रबार​ २६ फागुन २०७९ ११:०० AM मा प्रकाशित

प्रतिक्रिया