×
images

कुलमानले गरे टियु क्रिकेट मैदानको अनुगमन (फोटो फिचर)

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणको अन्तिम चरणमा पुगेको किर्तिपुरस्थित क्रिकेट रंगशालाको अनुगमन पुगेका छन् ।

विहिबार टियु क्रिकेट मैदान पुगेका मन्त्री घिसिङलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र निर्माण कम्पनीका प्रतिनिधिहरुले निर्माणमा भएको प्रगति र अगामी योजना बारे ब्रिफिङ गरेका थिए ।

अनुगमनका क्रममा घिसीङले अहिले १०-१२ हजार दर्शक बस्ने स्थान निर्माण सम्पन्न भएको र फ्लड लाइट एक महिनामा सकिने जानकारी दिदै यस रंगशालाको अन्य निर्माणका काम पनि एकै पटक अगाडी बढाउने बताए । यो रंगशाला देशकै प्रतिष्ठाको विषय भएको भन्दै बजेट सुनिस्चित गरेर यसको बाँकी निर्माण पनि छिटो गर्ने बताएका छन् ।

 

Single Image

Single Image

Single Image

Single Image

Single Image

Single Image

Single Image

बिहीबार २३ असोज २०८२ ०९:१२ PM मा प्रकाशित

प्रतिक्रिया