गोरखा । गोरखा जिल्लाको अमूल्य नाथको रूपमा रहेको तथा पुरातात्त्विक महत्त्वको बहुमूल्य धातु ‘क्वार्ज क्रिष्टल’ गोर्खा दरबार सङ्ग्रहालयमा शुक्रबारप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूजाआजा गर्दै गोरखा दरबारमा प्रतिस्थापन गरेका छन् ।
गोरखा नगरपालिकाले गोरखा दरबार परिसरमा शुक्रबार प्रधानमन्त्री प्रचण्डले उक्त धातु पृथ्वीनारायण शाहको गद्दी आसन छेउमा प्रतिस्थापन गरेका हुन्
प्रचण्डले ऐतिहासिक र बहुमूल्य धातु क्वार्जको प्रतिस्थापन भएसँगै जिल्लाको महत्त्व अझ बढ्ने विश्वास व्यक्त गरे । उनले भने, ‘यसले गोरखा जिल्लाको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने मेरो विश्वास छ ।’
५२.३३० केजीको उक्त धातु पुरातत्व विभागले बहुमूल्य भएको प्रमाणित गरेको थियो ।
गोरखाको जनप्रतिनिधिका हैसियतले यहाँको विकास निर्माणमा निरन्तर लागि पर्ने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले गोरखकाली टायर उद्योग, बूढीगण्डकी जलविद्युत् आयोजना एवम् पार्क निर्माणमा आफ्नो ध्यान रहेको बताए ।
प्रतिक्रिया