चालू आर्थिक वर्षमा नेपालको निकासी व्यापारमा झन्डै आधा हिस्सा रहेको वनस्पति घ्यू र तेलको निकासी अत्याधिक घटेको छ ।
आर्थिक वर्षको १० महिनासम्म उत्साहजनक निकासी रहेको भटमासको तेल, पाम आयल र सन फलावर ओयलको निकासी ११ औं महिना जेठमा भने न्यूनमात्र रहेको तथ्यांक छ ।
भारतले भन्सार शून्य बनाएपछि तेस्रो मुलुकबाट नेपालमा आयात भई प्रशोधन पश्चात भारत निकासी हुने वनस्पति घ्यू तथा तेलको निर्यात घटेको हो ।
नेपालको कुल निकासीमा भटमासको तेलको हिस्सा २५.०६ प्रतिशत छ भने पाम ओयलको २०.४१ प्रतिशत तथा सनफलावर २.४ प्रतिशत रहेको छ । यी तीन वस्तुको मात्र निकासीमा हिस्सा करिब ४८ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।
प्रतिक्रिया