×

मौलापुर महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सुचिकृत गराउँने–प्रभु साह

images

रौतहट । रौतहटको मौलापुरमा हुने मधानी महायज्ञको सम्पूर्ण तयारी पुरा भएको छ । मौलापुर स्थित पतौरा महादेव मन्दिरलाई विश्व सम्पदा सूचिमा सुचिकृत गराउँने संकल्प सहित मधानी महायज्ञ हुदै आएको छ । मौलापुर पुगेका आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले महायज्ञको तयारीको बारेमा जानकारी लिएका छन् । रौतहट ३ बाट निर्वाचित सांसद समेत रहेका साहको गृहनगरमा विगत देखी नै मधानी महायज्ञ हुदै आएको छ । साहले महायज्ञको सम्पूर्ण तयारीका बारेमा गठन भएका बिभिन्न समिति तथा उपसमिति मार्फत भएका कामको बारेमा जानकारी दिएका छन् । मधानी महोत्सव–२०८० लाई भव्य रुपमा सम्पन्न गर्न आवश्यक सबै तयारीमा जुटन निर्देशन दिदै उनले आवश्यक सहयोग जारी रहने बताए ।

चार दिनसम्म बिभिन्न कार्यक्रम गरी मनाईने महोत्सवमा बिभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता हुने आयोजनक मौलापुर नगरपालिकाले जनाएको छ । फागुन २३ गते ३ बजे शिव बारात यात्रा, २४ गते ११ बजे मधानी बिशेष पुजा, २५ गते सांस्कृतिक बिशेष कार्यक्रम र २६ गते अन्तर्राष्ट्रीय दंगल (कुस्ती) प्रतियोगिता राखिएको छ । जहाँ राष्ट्रिय, अन्तर्राष्ट्रिय पुजारी, खेलाडी, कलाकार लगायतको बिशेष सहभागिता हुदैछ । मधानी महायज्ञमा नेपाल र भारतका लाखौं सर्वसधारणको सहभागिता हुने र त्यसका लागि आवश्यक शान्ति सुरक्षा लगायतको तयारी सुरक्षा निकायले पुरा भएको जनाएको छ । हालै केही दिन अघि रौतहटका प्रमुख जिल्ला अधिकारीले समेत मौलापुरमा पुगेर त्यहाँको बस्तुस्थितको अवलोकन एवं अध्ययन गरिसकेका छन् । बर्षौ पहिला शिवको मुर्ति फेला परेको थियो ।

त्यसपछि पुरातत्व विभागले उत्खनन गरेको थियो । उत्खनन गर्दै गर्दा त्यहाँ ऐतिहासिक रुपमा महत्वपुर्ण मन्दिर लगायतका बस्तुको फेला परेको थियो । त्यसपछि लगाातार उत्खनन हुदै गएपछि गुप्तकालिन बस्तुहरु फेला परेकाले पालिका त्यसको संरक्षण गर्न तर्फ लागेको छ । हजारौं बर्ष पुराना मन्दिर सहित बिभिन्न बस्तु फेला परेपछि त्यसलाई विश्वसम्पदा सूचिमा सूचिकृत गर्नुपर्ने माग उठदै आएको छ ।

 

 

 

 

आइतबार​ १९ फागुन २०८० ०७:४५ PM मा प्रकाशित

प्रतिक्रिया