काठमाडौं। उपत्यका खानेपानी समस्याको समाधानको लागि नेकपा एकीकृत समाजवादी महानगर कमिटी द्वारा आयोजित कार्यक्रममा सम्मानित नेता झलनाथ खनाल र पार्टी उपमहासचिब गङालाल तुलाधरको उपस्थितिमा ज्ञापन पत्र काठमाडौं उपत्यका खानेपानी कम्पनी , त्रिपुरेस्वर मा बुझाइयो । हाल उपत्यकामा खानेपनीको समस्या बिकाराल बन्दै गएको प्रति ध्यान आकर्सन गरायो ।अहिले उपत्यकामा खानेपानीको दैनिक डिमान्ड ४० करोड लिटर रहेको बितरण भने १२ करोड लिटर मात्र हुने गरेको छ ।
मेलम्ची बाट थप १७ करोड लिटर आउन बाकी रहेकोले नपुग पानीको ब्यबस्थाको लागि पनि तत्काल योजना बनाउनु पर्ने आवश्यकता रहेकोकु ई संचारपाती लाई केन्द्रिय सदस्य रमेशवर श्रेष्ठ ले बताउनु भयो !
प्रतिक्रिया