अवैध सम्बन्ध खुलेपछि प्रेमिसँग मिलेर श्रीमानको हत्या – EsancharPati
अवैध सम्बन्ध खुलेपछि प्रेमिसँग मिलेर श्रीमानको हत्या

अवैध सम्बन्ध खुलेपछि प्रेमिसँग मिलेर श्रीमानको हत्या

विराटनगर, ५ जेठ । विराटनगरका औषधि व्यवसायी देवीप्रसाद दुलालको हत्यामा उनकै श्रीमतीको संलग्नता रहेको खुलेको छ। ३३ वर्षीय दुलालको आइतबार राति आफ्नै घरमा सुतिरहेका बेला हत्या भएको थियो । प्रहरीले हत्यामा मृतककी श्रीमती मिना श्रेष्ठ दुलाल र उनका प्रेमी ब्रह्मदेव साहलाई पक्राउ गरेको छ । औषधि व्यवसायी दुलालले विराटनगर महानगरपालिका– १० मधुमारामा मेडिकल सञ्चालन गर्दै आएका थिए ।

प्रहरीका अनुसार श्रीमती र उनी छुट्टै कोठामा सुतेका बेला शनिबार राति सुतिरहेकै ठाउँमा डोरीले घाँटी बेरेर हत्या भयको थियो । मिनासँगै पक्राउ परेका साह दुलालकै मेडिकलमा काम गर्ने पूर्वकर्मचारी रहेको बतायियको छ। श्रीमती र साहबीचको अवैध सम्बन्ध थाहा पाएपछि दुलाल दम्पत्तिबीच झगडा भएको र अर्का युवकसँगको अवैध सम्बन्ध थाहा पाएपछि श्रीमती कै योजनामा हत्या भएको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दियका छन ।

Share This
  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares