९ लाख रुपैयाँ लुट – EsancharPati
९ लाख रुपैयाँ लुट

९ लाख रुपैयाँ लुट

चितवनको खैरहनीमा एक ब्यक्ति दिनदहाडै लुटिएका छन् । खैरहनी नगरपालिका ८ पर्सा बजार क्षेत्रमा गुल्मीका नारायण घर्तीको ९ लाख रुपैयाँ लुटिएको हो । भरतपुरको साइन रेसुंगा विकास बैंकबाट निकालेको रकम लुटिएको घर्तीले बताए । जग्गा खरिदको लागि खैरहनीकै एक व्यक्तिसँग सम्पर्क भएअनुसार घर्ती र उनका साथमा पदम घर्ती रकम लिएर खैरहनी आएका थिए ।

फोनमा भने अनुसारको स्थानमा पुग्दा दुईजना व्यक्ति आएर रकम लिएको र लगत्तै भागेको पदम घर्तीले बताए । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खैरहनीले जानकारी दिएको  छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •