×
images

निर्वाचन आयोगले दियो समानुपातिक सांसदहरुलाई निर्वाचित प्रमाणपत्र

 काठमाण्डौँ। निर्वाचन आयोगमा आइतबार आयोजित कार्यक्रममा समानुपातिक निर्वाचन प्रणालीतर्फका मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव गोकर्णमणि दुवाडीले निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गरेका हुन् । समानुपातिकतर्फका नवनिर्वाचित सांसदलाई प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले बधाई ज्ञापन गरेका थिए । प्रतिनिधिसभाको समानुपातिकतर्फ एक सय १० सांसद निर्वाचित भएका छन् ।


समानुपातिकतर्फ सबैभन्दा बढी नेकपा ९एमाले०का ३४, नेपाली कांग्रेसका ३२, नेकपा ९माओवादी केन्द्र०का १४, राष्ट्रिय स्वतन्त्र पार्टीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका सात तथा जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका पाँच–पाँच जना निर्वाचित भएका छन् ।
 

आइतबार​ ३ पुस २०७९ ०३:१८ PM मा प्रकाशित

प्रतिक्रिया