×

क्षेत्रीय सुरक्षा र शान्ति का लागि नेपाली पहल

images

केशवप्रसाद चौलागाईं 

भारत पाकिस्तान युद्धको पृष्ठभूमिमा दुवै आणविक शक्तिले सम्पन्न राष्ट्रहरुलाइ समझदारीमा ल्याउन टाढाका शक्तिशाली राष्ट्र भन्दा आफ्नै छिमेकी नेपालको भूमिका पनि महत्त्वपूर्ण रहनेछ ।

संस्थागत रुपले पनि दुवै मुलुक दक्षिण एशियाली सहयोग संगठनको सदस्य भइ सहकार्य समेत गरेको विगतको उदाहरण र वर्तमान अध्यक्ष को हैसियतले पनि नेपालले प्रयास गर्दा अन्यथा हुन्न।धर्म- संस्कृति ,भाषा,प्राचीन सम्बन्ध ,व्यवसाय ,रोजगारी लगायत धेरै क्षेत्रमा गास्सिएको सम्बन्धका कारण नेपाल भारतको सामिप्यता भारतका लागि पनि महत्त्वपूर्ण तथ्य रहेको छ।भारत पाकिस्तान  सम्बन्ध कै कारण वर्तमान अबस्थामा सार्क संगठनले गतीलिन नसकिरहेको बेला युद्धको अबस्थामा समेत पुग्नाले सक्दो प्रयास गर्नु आबश्यक नै देखिन्छ ।

वर्तमान के पी शर्मा ओलिको सरकार संग पनि भाजपा सरकारको सम्बन्ध सुमधुर नभएको बेला विश्वासिलो नेतृत्व ले नेपाल सरकार को समेत स्विकृतिमा सम्वादको वातावरण वनाउन सक्दा क्षेत्रिय सुरक्षा ,शान्ति र समृद्धिका लागि ठुलो सहयोग पुग्नेछ ।नागरिक स्तरबाट क्षेत्रीय सुरक्षाका लागि कार्य गर्न सक्ने व्यक्ति र संस्था यश प्रकार रहेका छन।
1) संस्थाहरु: ।
नेपाल चर्खाप्रचारक गान्धी तुलसि स्मारक महागुठी,काठमाडौं ।
2. अन्तर्धार्मिक परिषद नेपाल।
3. सेन्टर फर डायलड,डाइनामिज्म एण्ड डेभलपमेन्ट ।
4. नेशनल इन्स्िटच्युट अफ इन्टरनेश्नल कोअपरेसन एण्ड इन्गेज्मेन्ट।
5. हिन्दू राष्ट्र स्वभिमान जागरण अभियान ।
6.।नेपालकै सबै भन्दा पुरानो सामाजिक संस्थाका रुपमा रहेको नेपाल चर्खा प्रचारक गान्धी तुलसि स्मारक महागुठुको उपस्थिति ले भारत पाकिस्तान दुबै लाई शान्ति का लागि आश्वस्त बनाउन सकिनेछ ।सबै धार्मिक क्षेत्रको सहभागिताका कारण अन्तर्धार्मिक परिषद नेपालको जिम्मेवारीपुर्ण तथा बिश्वाशिलो सहभागिताले दुबै देशका धार्मिक समुदायलाई समेत प्रभावित पार्नेछ ।द्वन्द्वका कारण र समाधानका उपायहरु बारे थिङ्कटैंकका रुपमा " नेशनल इन्स्िटच्युट अफ इन्टरनेशनल कोअपरेसन एण्ड इङ्गेजमेन्ट" ले निष्पक्ष विश्लेषण निकासका लागि उपयोगी रहनेछन् ।सेन्टर फर डायलग,डाइनामिज्म एण्ड डेभलपमेन्ट ले युद्धको स्थानमा शान्ति ले समृद्धि का लागि सम्भावना देखाउने छ।सम्वादका सबै अंग सम्मिलित संस्था र विश्वासिलो नेतृत्व का कारण नेपालको नागरिक प्रयास लाई विश्वले पनि सकारात्मक रुपले लिनेछन।


बंगलादेश मा हालै भएको सत्ता परिवर्तन र भारत बिरोधि भावना श्रीलंकामा पनि भारत बिरोधि भावना ,अफगानिस्तान को असहयोगी सत्ता,पाकिस्तान संगको युद्धको स्थितिमा नेपाल संगको सम्बन्ध बिगार्न भारत चाहन्न।सम्बन्ध बनाइ राख्ने भारतीय चाहनालाई नेपाली नागरिक समाजले क्षेत्रिय सुरक्षा र शान्ति का पक्षमा सहमत गराउन उपयोग गर्न सकिन्छ ।हिन्द महासागरमा आफ्नो प्रभाव देखाउन खोज्ने भारतीय प्रयासमा अमेरिकी वर्तमान Indian Ocean; traditional and non- traditional security and small state " रणनीति ले बाधा पुर्याउने तथ्यलाई नेपाल ले उठाउदै भारत लाई शान्ति का पक्षमा सहमत गराउन सकिन्छ ।

संयुक्त राष्ट्रसंघ देखि अन्तर्राष्ट्रिय क्षेत्र ले आतंककारी घोषणा गरेको संस्था र नेतालाई आश्रय दिएको कुरा पाकिस्तानी पक्ष संग स्पष्ट राख्दै शान्ति को पक्षमा ल्याउन सकिन्छ ।भारतीय पक्षले आतंककारी हरुलाइ मात्रै निसाना बनाएर प्रहार गरिरहेको छ भने पाकिस्तानी पक्षले भारतीय जनतामाथि निसाना गर्दै ज्यान लिइरहेको देखिन्छ ।पहलगाम मा नेपाली युवा सन्दिप न्यौपाने समेत २६ जनाको धर्म सोद्धै ज्यान लिएको आतंककारी घटनाले नेपाली हरु पनि आतंककारीको सिकार भएकोले आतंककारी बिरुद्ध को भारतीय अभियानलाई सहयोग गर्नुपर्ने आम नेपाली हरुको मान्यता रहेको छ।संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको प्रस्ताव 2178 लाई सम्मान गर्दै अन्तर्राष्ट्रिय आतंककारी लडाकुहरुको कारबाही रोक्न पाकिस्तान मा रहेका लडाकुलाई पाकिस्तान ले कारबाही गर्नु युद्ध लाई रोक्ने उपाय हो।संयुक्त राष्ट्रसंघ प्रस्ताव 2734 लाई स्मरण गर्दै आतंककारी हरुलाइ आर्थिक सहयोग तथा आश्रय नदिदा युद्ध रोक्न सहज हुने कुरा पाकिस्तानी पक्षलाई राख्दा सम्वादले सार्थक्ता पाउनेछ ।
सम्वादका लागि हाम्रो ज्ञान र स्वभाव पनि अनुकुल रहनुका साथै व्यक्तिगत सम्पर्क का कारण सहज हुनेछ ।हाम्रो निम्न अनुसन्धान ,लेख,सहभागिता तथा सञ्जालका कारण दक्षता सहित प्रस्तुत हुदै परिणाम निकाल्न सकिन्छ भन्ने बिश्वास रहेको छ।
1. द्वन्द्व रुपान्तरण र शान्ति स्थापनामा धर्म तथा अध्यात्मिक क्षेत्र को भूमिका ।अनुसन्धान ।बि स २०६१. 
2. खगोल र द्वन्द्व ।बि स २०६३ ।
3. स्वराज्य र मेलमिलाप ।बि स २०७० ।
4. स्वराज्य र सुरक्षा ।लेख।
5. चीनमा एशियाली सभ्यता सम्मेलन ।लेख।
6. जी 20 र आर्यावर्त।
7. सभ्यता ,सम्वाद र राममन्दिर।
8. संस्कृति ,सम्पदा र मेलमिलाप
9. इण्डोपेसिफिक र आर्यावर्तका रणनीतिक क्षेत्र हरु।
10. सहभागिता : एशियाली शान्ति सम्मेलन ,सन 2007 ,चियाङ्मइ थाइल्यान्ड 
11. लिडरसिप एण्ड गुड गभर्नेस सम्मेला,बैंकक ,सन 2008
12.  बिकासमा धार्मिक गुरुहरुको भूमिका ।सन 2010 ढाका
13 . बिकासमा धार्मिक संस्था हरुको भुमिका ,2011 ढाका।
14. अलिगढ मुस्लिम बिश्वबिद्धालय ,2011 ।
15. जापान।शान्ति दर्शन।2012-13
16.  एशियाली सुरक्षा सम्मेलन,आइ डि एस ए नइ दिल्ली ।2014.
17. एशियाली शान्ति सम्मेलन,नइ दिल्ली  2015.
18.  शान्ति सम्मेलन,दक्षिण कोरिया 2017 ।
19. गोखले सेन्टर,पुणे ।स्वारज्य मेलमिलाप प्रवचन।
20. जम्मु भ्रमण तथा धार्मिक कार्यक्रममा सहभागी ।2019 नोभेम्बर ।
21. बिश्वहिन्दु परिषद ,हिन्दु स्वयंसेवक संघ,गान्धी आश्रम ,श्री बिन्ध्यवासिनी आध्यात्मिक संघ, जापान सोसाइटी अफ ह्युमनिस्टिक एन्थ्रोपोलोजी एसोसिएसन टोकियो,युनाइटेड स्टेट इन्स्िटच्युट अफ पीस लगायतका संस्थाहरु संगको सहकार्यले सम्वादलाइ सञ्चालन गर्न विश्वसनीय आधार बन्नेछ ।

शनिबार २७ बैशाख २०८२ ०७:५९ AM मा प्रकाशित

प्रतिक्रिया