×

नियन्त्रित औषधि खुलेआम बिक्री

images

प्रहरीले नियन्त्रित औषधिसहित बनेपा नगरपालिका–८ उदय मेडिकल हलका सञ्चालक सत्यश्वर मकैलाई शुक्रबार पक्राउ ग¥यो । मकैले नियन्त्रित औषधि बिना ‘प्रेस्क्रिप्सन’ बिक्री गरेका कारण प्रहरीले उनको मेडिकल पसलबाट ठूलो मात्रामा औषधिसमेत बरामद गरेको हो । नियन्त्रित मानिएका मेकोन–पी लेखिएको सिल खोलिएको ६५ थान ट्याब्लेट, सिल खोलिएको कोफट्याब ३१ थान ट्याब्लेट, डाइक्लोमाइन बिपी स्पान्स्मो एन्टिस्यापमोडिक लेखिएको सिल नखोलिएको दुई बट्टा ९एक हजार थान० र सिल खोलिएको एक सय २० थान ट्याब्लेट, गाबावेल–एक सय ५० लेखिएको सिल नखोलिएको तीन बट्टा ९३०० थान० र सिल खोलिएको ट्याब्लेट एक सय चार थान, स्टागन–२५ लेखिएको सिल नखोलिएको आठ बट्टा ९एक हजार छ सय थान० र सिल खोलिएको ट्याब्लेट थान ४३ र डी–कोफ लेखिएको सिल नखोलिएको छ बट्टा ९एक हजार दुई सय थान० र सिल खोलिएको ट्याब्लेट ८० थान ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र बनेपा इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले मकैलाई शुक्रबार पक्राउ गरी कारबाहीका लागि आइतबार काठमाडौँस्थित औषधि व्यवस्था विभागमा पठाएको हो । जिप्रकाको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेका अनुसार बरामद गरिएका औषधि सञ्चालकले ती औषधि चिकित्सकीय सिफारिसबिना बिक्री गर्दै आएको अनुसन्धानबाट खुलेको छ । 
त्यसरी बिक्री गरिएका औषधि ‘लागुऔषध’को रुपमा प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ । यसअघि इलाका प्रहरीले प्रतिबन्धित लागुऔषध कारोबारमा सम्लग्न पाँच जनालाई गत साउन १४ गते राति पक्राउ गरेको थियो । प्रहरीले भारतबाट वीरगञ्ज हुँदै काभ्रेपलाञ्चोकको बनेपामा लागुऔषध कारोबारमा सम्लग्न भएका उनीहरुलाई वीरगञ्जबाट पक्राउ गरेको थियो । लागुऔषध कारोबार तथा ओसारपसारमा सम्लग्न भएकाबाट प्रहरीले ३०२ एम्पुल डाइजेपाम, ३०२ एम्पुल फेनेर्गन र ३०२ थान नोफिन गरी कूल ९०६ थान लागुऔषध बरामद गरेको थियो । 
    
त्यतिबेला प्रहरीको अनुसन्धानले वीरगञ्जबाट काभ्रेपलाञ्चोकअन्तर्गतको बिपी राजमार्ग ९धुलिखेल–सिन्धुली–बर्दिबास० सडक प्रयोग गरी बनेपाहुँदै लागुऔषध काठमाडौँ पु¥याउने र काठमाडौँबाट पुनः बनेपा ल्याई कुलतमा फसेका युवालाई बिक्री गर्ने गरेको देखाएको प्रहरीले जनायो । यसअघि गत वैशाखमा लागुऔषध प्रयोगकर्ता चार चालकलाई काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गमा जाँचका क्रममा प्रहरीले प्रक्राउ गरेको थियो ।

 यस्तै प्रहरीले सुराककै आधारमा गत वर्षको माघमा चिकित्सकको आधिकारिक सिफारिसबिना नियन्त्रित औषधि ९नशालु पदार्थका रुपमा सेवन गरिने० बिक्री गर्ने पनौती नगरपालिका–२ स्थित एक फर्मेसी सञ्चालकलाई पक्राउ गरेको थियो । उनको फर्मेसीबाट विभिन्न प्रकारका सात हजार एक सय ३८ नियन्त्रित लागुऔषधसमेत बरामद गरिएको थियो ।  सुराकको आधारमा मात्रै प्रहरीले जाँच गर्ने र लागुऔषध कारोबारमा सम्लग्न व्यक्तिलाई पक्राउ गर्ने गरेको देखिएकोे छ । साथै बिपी राजमार्गबाट अधिकांश रुपमा लागुऔषध ओसारपसार हुने गरेको देखिएको छ । काभ्रेपलाञ्चोकलगायत छिमेकी जिल्ला तथा राजधानीका विभिन्न स्थानमा बिक्री हुने प्रतिबन्धित लागुऔषध मध्यपहाडी क्षेत्रअन्तर्गतको राजमार्गबाट तस्करी हुने जिल्लास्थित प्रहरीको रेकर्डबाट देखिन्छ । 

यस्तै प्रहरीले सुराकीको आधारमा उक्त राजमार्गबाट आउने सवारी साधन जाँच गर्दा दर्जनौँ पटक प्रतिबन्धित औषधि बरामद गर्दै ओसारपसारमा सम्लग्न व्यक्तिलाई पक्रेर मुद्दासमेत चलाउने गरेको छ । हरीको तथ्याङ्क अनुसार बितेको पाँच बर्षमा लागुऔषध ओसारपसारसम्बन्धी ३७ मुद्दामा ७२ जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये पनि अधिकांशले ‘ब्रोकर’ बनेर काम गरिरहेको बयान दिँदै आएका छन् । प्रहरीको अनुसन्धानले विशेष गरी ‘टिनएजर्स्’ नै लागुऔषधको  तस्करी र प्रयोकर्ताका रुपमा देखिएका छन् । 

घटना विवरणअनुसार तराई क्षेत्रबाट बिपी राजमार्गहुँदै तस्करीका  लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ काभ्रेपलाञ्चोकलाई  बनाएको देखिएको छ ।      पछिल्ला घटनाले तराईसँग छोटो दूरीका रुपमा रहेको बिपी राजमार्गबाट लागुऔषध भित्रिने गरेको देखिएकाले उक्त राजमार्गमा ‘एक्सन टिम’ परिचालन गरिएको प्रनाउ न्यौपानेले बताउनुभयो । उहाँका अनुसार यसअघि पक्राउ परेकाले भारतका विभिन्न स्थानबाट लागूऔषध सङ्कलन गरी बनेपा र आसपासका सहर तथा काठमाडौँमा बिक्री गर्दै आएको देखिन्छ । लागुऔषध विशेष गरी युवा पुस्ताले प्रयोग गरेको पाइएको प्रहरीकै अनुसन्धानले देखाएको हो ।

सोमबार २० भदौ २०७९ ०२:१५ PM मा प्रकाशित

प्रतिक्रिया