काठमाण्डौँ। बुधबार हुने नेपाली काँग्रेसको संसदीय दलको निर्वाचनमा प्रदीप पौडेल गगन थापालाई साथ दिने भएका छन्।
यस अघि प्रदीप पौडेल १४ औँ महाधिवेशनमा सभापति देउवाको प्यानलबाट महामन्त्रीको उम्मेदार बनेका थिए। पछिल्लो समय गगन थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि समर्थन गरेका छन्। गगन थापाले संस्थापन इतर समुहबाट संसदीय दलको नेताको लागि उम्मेदवारी दिएका छन्।
हालसम्म गगन थापालाई डा.शेखर कोइराला, उपसभापति धनराज गुरुङ् आदिले समर्थ न गर्ने भएका छन्।
प्रतिक्रिया