विहानको क्षितिजमा पोतिएको लालीमा
जत्ति प्यारो छ मलाई
उत्तिकै आत्मिय, मधुर लाग्छ
साझको क्षितिज
साझको लालीमा ,
म उत्तिकै माया गर्छु
तिम्रो फुलेको केशलाई
जुन तिमीले यत्नपूर्वक
लुकाएकी छ्यौ काला केशहरूका जुरामा
कालले निर्दयतापूर्वक चलाएको खुडाले
कोरिएका मुहारका चाउरीहरू
जसमा मेरा सपनाहरू
गुड बनाएर बसेका छन्
बिन्ती
नउडाउ ती गुडबाट मेरा इन्द्रेणी चराहरू
जसले बैसका कोमल दुबोहरू बटुलेर
बुनेका छन् सुस्ताउन हावाघर
प्रिय
हाम्रा मुहारमा एक÷एक
थपिदै गएका चाउरी
र क्रमस: फुल्न थालेका थाप्लाका केश
जसमा म भेट्छु
हाम्रा ताता ओठहरू,
जोडजोडको मुटुको धड्कन
उत्तेजनाले मुन्टो उठाएका रौ“हरू
र दुर प्रदेशको भ्रमणपछि
गहिरो बुद्धावस्थाको निद्रा
सत्ते
अझ जीवन्त बनेकी छ्यौ तिमी
कालको घट्टमा पिसिएर
अझ पाकेकी छ्यौ तिमी
कम्हालेको भट्टीमा सुराही झै
र, पनि मरेको छैन काचो माटोको बास्ना
तिम्रो ओठको जस्केलाबाट
हासोसगै चिहाउदै गरेको वसन्त
ऐना हेर्दा, सिउदो भर्दा देख्दिनौ के ?
—उग्रचण्डी–५,काभ्रे
प्रतिक्रिया