काठमाडौं । मानव प्रजातिले उत्पत्तिसँगै प्राकृत बासस्थानमा समुह समुहमा शिकारी जीवनमा समुह बढदै गयो । खाना र सुरक्षाका लागि त्यस युगमा अनुभवि पाका मान्छेको अगुवाई र बलिया वयस्कका सक्रियतामा जीउनेक्रममा महिला र पुरुष दुबै पाका मान्छेको मानमनितो हुनु समुहका हरेक सदस्यको चरित्र बन्यो ।
आगो र शिकारी हतियारको जोगाडले मान्छे प्रजातिले वर्षभरी सुनिस्चित खान र सुरक्षित बस्न उपाय खोज्यो । जानेर नजानेरनै बिऊबाट ईच्छित फल दिने बिरुवा उमार्न, फलाउन र बढिभएको सञ्चितागर्न प्रयाश गर्यो । सुखका दिनहरू उदाउँदै जानमा समुहका पाका मान्छेको ज्ञान, सिप र अनुभवको सहयोग आधारभूत कुरा भएकाले परिवार र समुह सदस्यहरूले पाका मान्छेको सल्लाहनै समुहको हित र विकासको द्योतक हो भन्ने मान्यताले जरो गाड्यो ।
कृषिमा थप हाँगाबिँगा लाग्दै कल्पना, परिक्षण, जाँगर, सिप र ज्ञानका विविधतासँगै समाज प्रणालीमा विविधता थपिए । आवश्यक्ता र श्रमको गठ जोडले समाज बिस्तारै परम्परागतभन्दा प्रविधितिर आकर्षित भयो । गत शताव्दीको मध्यसम्ममा सँसारभरी आएका सामाजिक राजनीतिक उथुलपुथुल, मानव प्रजातिले बिकास गरेको प्रविधि, बजारबाद र नाफानोक्सानको व्यक्तिवादी धारणाले मानव समाज सामुहिकता बिमुखहुँदै जानलाग्यो । फलस्वरुप विभिन्न उमेर समुह एकअर्काप्रति त्रसित, आक्रान्त र शिष्टाचाररहीत हुनपुग्यो भने सँयुक्त परिवार बिखण्डनभई पाका मान्छेहरू मानव इतिहासमा सबैभन्दा बढि अर्घेलोमा पर्न थाले ।
उपरोक्त सन्दर्भ सहित बर्तमान नेपाली समाजमा पाका मान्छेका अवस्था, भोगाईलाई र मनोबिज्ञान शुक्ष्म अध्ययन गरेर सरल भाषामा अरु उमेरसमुह र सरकारी पक्षबाट गरिनुपर्ने नीति नियमको निर्माण र सुबिधाबारे विभिन्न १६ शिर्षकका निबन्धहरु मार्फत प्रष्ट पस्किएको छ ।
प्रतिक्रिया