नमान हार लक्ष्यहरूमा जानेर कैले भूल हुँदैन
नमान हार जिन्दगी यो झरिसकेको फूल हुँदैन
जित्नु पर्छ आँसुलाई हारेर खुसी मिल्छ कहाँ
रोएर मात्र बढ्छन ब्यथा केहीपनि असुल हुँदैन
विचार पछि हुन्छ तर अगाडि भेटिन्छ झेलि गर्निमा
सर नपरेपछि उहि नै अघि देखिन्छ दोस्ति फेर्निमा
गल्ति जे गरेपनि दोष मुक्त हुन्छन तिनै ठालुहरू
साँढे जुधाएर बाच्छा मिच्ने उनैछन् रमाइलो हेर्निमा
जीवनभरी एक्लै हिड्छु चाँहिन्न कोही सारथि मलाई
झुटो आखिर झुटै हुन्छ कहाँ मेटिन्छ सबुद जलाई
चाँहिदैन तिम्रो दया मलाई फर्केर हेर्नु नै पर्दैन
एक्लै बाँच्छु जति बाँच्न सक्छु औडाहा छैन छाती गलाई
दैलो खोल्दा परेलीको नानीमा याद खुल्दछन
मोतिपुष्प जिन्दगीको फूलवारीमै फूल्दछन
कोपिला झैं चुँडनलाई एक्लै कहाँ सकिन्छ त्यो
काँडा रोप्दछन हृदयमा मान्छे टिप्न भूल्दछन
प्रतिक्रिया