काठमाडौं उपत्यकामा थपिय ९ कोरोना संक्रमित – EsancharPati
काठमाडौं उपत्यकामा थपिय ९  कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिय ९ कोरोना संक्रमित

काठमाडौं- काठमाडौं उपत्यकाका तीन जिल्लामा बिहीबार थप ९ जनामा कोरोना पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौँ, भक्तपुर र ललितपुरका थप ९ जनामा कोरोना पुष्टि भएको बताए।

उनको अनुसार संक्रमितमध्ये काठमाडौँका दुई महिला र दुई पुरुष गरी ४ जना, भक्तपुरका एक महिला र तीन पुरूषमा गरी चार र ललितपुरका १ पुरुषमा कोरोना पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा ३१२ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। आज डिस्चार्ज हुनेमा १९ महिला र २९३ जना रहेका छन्।

योसँगै नेपालमा उपचारपछि निको हुनेको संख्या २ हजार ६५० पुगेको छ। जसमा २१६ महिला र २ हजार ४३४ पुरुष रहेका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा दुई पुरुषको निधन भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ।

Share This
  • 33
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    33
    Shares