नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या २६ सय ३४ पुग्यो – EsancharPati
नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या २६ सय ३४ पुग्यो

नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या २६ सय ३४ पुग्यो

काठमाडौं- नेपालमा विहीबार थप ३ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २६ सय ३४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म २६ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या २६ सय ३४ पुगेको जानकारी दिएका हुन् ।

डा देवकोटाका अनुसार हालसम्म २९० जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १२ जना डिस्चार्ज भएका हुन् । जसमा पुरुष २३४ र ५६ रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ६५ जिल्लामा कोरोना भाइरसका संक्रमितहरु फेला परेका छन् भने १० जना को मृत्‍यु भैसकेको छ।

Share This
  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares