जर्मन बुन्डेस लिगामा आरबी लेइपजिगको सानदार जित – EsancharPati
जर्मन बुन्डेस लिगामा आरबी लेइपजिगको सानदार जित

जर्मन बुन्डेस लिगामा आरबी लेइपजिगको सानदार जित

जर्मन बुन्डेस लिगामा आरबी लेइपजिगले सानदार जित हात पारेको छ । सोमबार राति भएको खेलमा लेइपजिगले कोल्नलाई ४–२ले पराजित गरेको हो ।

लेइपजिगको जितमा टिमो वाग्नर, प्यट्रिक स्किक, क्रिस्टोफर नेकुन्कु र ड्यानियल ओल्मोले गोल गर्दा कोल्न जोन कार्डोबा र एनथोनी मोडस्टेले गोल गरेका थिए ।

खेलमा अग्रता भने कोल्नले लिएको थियो । सातौं मिनेटमा उसका कार्डोबाले गोल गरेका थिए । तर, उसको अग्रता धेरैवेर टिकेन । २०औं मिनेटमा स्किकले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । ३८औं मिनेटमा नेकुन्कुले गोल गरेपछि लेइपजिगले २–१को अग्रता लियो ।

५०औं मिनेटमा वाग्नरले गोल गर्दै लेइपजिगलाई ३–१को अवस्थामा ल्याए । ५५औं मिनेटमा एन्थोनी मोडस्टेले गोल गर्दै खेल ३–२ को अवस्थामा पुग्यो । त्यसको तीन मिनेटपछि ५८औं मिनेटमा ओल्मोले गोल गरेपछि लेइपजिग ४–२ले विजयी भयो ।

जितपछि लेइपजिगले दोस्रो स्थानको बोरुसिया डर्टमन्डसँगको दुरी २ अंकमा झारेको छ । डर्टमन्डको ६० अंक छ भने लेइपजिगको ५८ अंक छ । ६७ अंक जोडेको बायर्न म्युनिख शीर्ष स्थानमा छ । कोल्न भने ३४ अंकका साथ ११औं स्थानमा छ ।

Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares