भक्तपुरमा एटिएम फुटाउँदै गर्दा एकजना रङ्गेहात पक्राउ – EsancharPati
भक्तपुरमा एटिएम फुटाउँदै गर्दा एकजना रङ्गेहात पक्राउ

भक्तपुरमा एटिएम फुटाउँदै गर्दा एकजना रङ्गेहात पक्राउ

जेठ १७ । मध्यराती भक्तपुरमा एटिएम फुटाउदैँ गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बिहान सवा २ बजे मध्यपुर ठिमी नगरपालिका-६ बाहखा बजार स्थित संजिब चित्रकारको घरमा रहेको एनआईसी एसियाको एटिएम फुटाउँदै गरेको अबस्थामा सिन्धुपालचोक कदम्बास घर भइ हाल सोही वडाको नगदेश भन्ने ठाँउमा बस्दै आएका २१ वर्षीय सचिन तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उक्त व्यक्तीबाट एक थान ह्याम्बर, एक थान स्क्रु ड्राइभर, एटीएम मेसिनको बाहिरी कभर र रोलर बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares