नेपालमा थप ९० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७७२ पुग्यो – EsancharPati
नेपालमा थप ९० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७७२ पुग्यो

नेपालमा थप ९० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७७२ पुग्यो

१३ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्छि भएको छ । यससँगै संक्रमितको कुल संख्या ७७२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार महत्तरीका २, बारामा कार्यरत जुम्लाका२, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १, स्याङ्जाका २ र सुर्खेतका १२ जना कोरोना संक्रमित थपिएका हुन्।योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ७७२ पुगेको छ। तीमध्ये अहिलेसम्म ४ जनाको मृत्यु भएको छ। १५५ जना संक्रमित निको भएर घर फर्किएका छन्।

Share This
  • 71
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    71
    Shares