विश्वभर संक्रमितसंख्या ५२ लाख ९७ हजार नाग्यो – EsancharPati
विश्वभर संक्रमितसंख्या ५२ लाख ९७ हजार नाग्यो

विश्वभर संक्रमितसंख्या ५२ लाख ९७ हजार नाग्यो

जेठ १० । कोरोना भाइरसका कारणबाट संक्रमित हुनेको संख्या ५२ लाख ९७ हजार २१८ जनामा संक्रमित भएको पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण हालसम्म कोरोना भाइरसबाट ३ लाख ३९ हजार ३६६ जनाको मृत्यु भएको छ । यस्तै, उपचारपछि घर फर्किने संख्या २१ लाख ४९ हजार ७५५ जना पुगेको तथ्यांक छ ।

अहिलेसम्म अमेरिकामा संक्रमित हुनेको संख्या १६ लाख ४४ हजार ३३१ जना पुगेको छ भने मृत्यु हुनेको संख्या ९७ हजार ६१२ रहेको छ । त्यस्तै ब्राजिलमा ३ लाख ३० हजार ८९० जना, रसियामा ३ लाख २६ हजार ४४८ जना, स्पेनमा २ लाख ८१ हजार ९०४ जना र बेलायतमा २ लाख ५४ हजार १९५ जनामा संक्रमण देखिएको बताइएको छ ।

उता बेलायतमा ३६ हजार ३९३ जना, इटालीमा ३२ हजार ६१६ जना, स्पेनमा २८ हजार ६२८ जना र फ्रान्समा २८ हजार २८९ जनाको मृत्यु भएको छ । हालसम्ममा अमेरिकामा ३ लाख ९७ हजार ५५ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, स्पेनमा १ लाख ९६ हजार ९५८ जना, जर्मनीमा १ लाख ५९ हजार जना, इटालीमा १ लाख ३६ हजार ७२० जना र ब्राजिलमा १ लाख ३५ हजार ४३० जना उपचारपछि घर फर्किसकेका छन् ।

Share This
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares