थप दुई पत्रकारमा कोरोना संक्रमण पुष्टि, संक्रमित पत्रकारको संख्या ७पुग्यो – EsancharPati
थप दुई पत्रकारमा कोरोना संक्रमण पुष्टि, संक्रमित पत्रकारको संख्या ७पुग्यो

थप दुई पत्रकारमा कोरोना संक्रमण पुष्टि, संक्रमित पत्रकारको संख्या ७पुग्यो

कपिलवस्तु– कपिलवस्तुमा शुक्रबार संक्रमण पुष्टि भएका नौ जनामध्ये दुई जना पत्रकार रहेको खुलेको छ । दुईजनामध्ये एकजना कपिलवस्तु नगरपालिका वडा नं. ३ तौलिहवाका २९ वर्षका र अर्का वाणगंगा नगरपालिका वडा नं. ८ का २४ वर्षका पुरुष हुन्।

योसँगै कोरोना संक्रमित पत्रकारको संख्या ७ पुगेको छ।यसअघि पर्सामा दुई, जनकपुरमा एक,उदयपुरमा एक र बारामा एक पत्रकारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। दुबै पत्रकारको स्वास्थ्य अवस्था सामान्य रहेको बतायियको छ। योसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ६९ जना पुगेको छ ।

Share This
  • 37
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    37
    Shares