भारतमा कोरोना भाइरस बाट संक्रमितको संख्या एक लाख नाघ्यो,तीन हजार बढीको मृत्यु – EsancharPati
भारतमा कोरोना भाइरस बाट संक्रमितको संख्या एक लाख  नाघ्यो,तीन हजार बढीको मृत्यु

भारतमा कोरोना भाइरस बाट संक्रमितको संख्या एक लाख नाघ्यो,तीन हजार बढीको मृत्यु

काठमाडौं । भारतमा कोरोना भाइरस बाट संक्रमितको संख्या एक लाख नाघेको छ ।मृत्यु हुनेको संख्या पनि तीन हजार बढी रहेको छ।

भारतको स्वास्थ्य मन्त्रालयका अुनसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख एक हजार एक सय ३९ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका चार हजार नौ सय ७० नयाँ संक्रमित फेला परेका हुन् ।

त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि तीन हजार एक सय ६३ पुगेको छ । पछिल्लो २४ घण्टामा एक सय ३४ जनाको मृत्यु भएको छ ।भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३५ हजार ५८ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म एक हजार दुई सय ४९ जनाको मृत्यु भइसकेको छ ।

Share This
  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares