कोरोना कहिल्यै निर्मुल हुँदैन: डब्लुएचओ – EsancharPati
कोरोना कहिल्यै निर्मुल हुँदैन: डब्लुएचओ

कोरोना कहिल्यै निर्मुल हुँदैन: डब्लुएचओ

जेठ १ । अहिले विश्वलाई सताइरहेको कोरोना भाइरसको महामारी उचाईमा रहेका वेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भने यो भाईरस बारे सनसनीपूर्ण खुलासा गरेको छ । डब्लुएचओले कोरोना भाइरसको संक्रमण कहिल्यै समाप्त नहुने सम्भावना रहेको भन्दै चेतावनी जारी गरेको छ । डब्लुएचओका अनुसार एचआइभी जस्तै कोरोना भाइरस पनि कहिल्यै समाप्त हुन नसक्ने सम्भावना रहेको बताएको छ ।

जेनेभामा एक सम्मेलनमार्फत डब्लुएचओका आपतकालिन स्वास्थ्य कार्यक्रम निर्देशक डाक्टर माइक रायनले एचआइभीजस्तै कोरोना भाइरस पनि पूर्णरुपमा समाप्त भएर नजान सक्ने चेतावनी दिएका छन् । उनले भ्याक्सिन पत्ता लागेको अवस्थामा पनि यो रोग अब विश्वमा रहिरहने र नियन्त्रणका लागि व्यापक प्रयासको खाँचो पर्ने प्रष्ट पारेका छन् ।

Share This
  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares