नेपालमा एकै दिन थपिए २४संक्रमित, संक्रमितको संख्या १३४ पुग्यो – EsancharPati
नेपालमा एकै दिन थपिए २४संक्रमित, संक्रमितको संख्या १३४ पुग्यो

नेपालमा एकै दिन थपिए २४संक्रमित, संक्रमितको संख्या १३४ पुग्यो

काठमाडौं, २९ बैशाख । नेपालमा थप १३ जनामा कोरोनाको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, रुपन्देही र बर्दियामा गरी १३ जना नयाँ संक्रमित थपिएका हुन्।

मन्त्रालयका अनुसार कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ गरी १३ जना संक्रमित थपिएका हुन्। सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबारै सप्तरीमा पनि एक युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबार साँझ थप १३ जनामा पुष्टि भएपछि नेपालमा एकै दिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यो सहित नेपालमा संक्रमितको संख्या १३४ पुगेको छ।बर्दियामा भने पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।

Share This
  • 97
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    97
    Shares