रानालाई जन प्रगतिशील मंच साउदीको पहलमा सहयोग

रानालाई जन प्रगतिशील मंच साउदीको पहलमा  सहयोग

स्वागत पुन मगर दमाम साउदी
गोरखा भिमसेन गाउँ पालिका ७ निवासी कुमार राना मगर साउदी अरबमा कार्यरत हुदा चलाएको गाडीले साउदी नागरिकसँग ठोक्किए पछि साउदी नागरिक सख्त घाइते भइ अस्पतालमा छन भने राना बिगत १ बर्ष देखि साउदीको जेलमा बन्दी छन घाइते साउदी नागरिकले उपचारार्थ रकम मागे पछि कुमार राना रिहाइ अभियान अन्तरगत विभिन्न देशबाट आर्थिक अभियान चलाइरहेको बेला नेपाली जन प्रगतिशील मञ्च साउदीले पनि पहल गरि अभियानमा संकलित रकम श्री नवराज गिरी ज्यु मार्फत कुमार राना बचाउ अभियानका संयोजक कृष्ण प्रशाद ढकाल ज्यु को रोहबरमा कुमार रानाका श्रीमती अम्विका राना मगरलाई २०७५/५/१३तदनुसार २९ अगष्ट २०१८ का दिन मञ्चका तर्फबाट ८७,०००( सतासी हजार) सहयोग हस्तान्तरण गरिएको र
दिल बहादुर र कुमार राना रिहाई समिति संयोजक श्री हुम सुनारी मगर ज्यु मार्फत मंचको तर्फबाट पहल गरि साउदी रियल ३,०००(तीन हजार) हस्तान्तरण गरिएको थियो ।

यसै क्रममा
मञ्चका महासचिव बाबुलाल बुढाले पत्र मार्फत जानकारी गराउदै साउदीमा जेल जीवन बिताइरहेका कुमार राना र दिल बहादुर घर्तीको लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिएका छन । केही महिना अघि दिपेस पुनको संयोजकत्वमा बनेको दिल बहादुर रिहाइ समिति बिदेश बिभाग मा रहेका महासचिव बुढा बिगत दुई साल देखि दिल बहादुर घर्तीको रिहाइको लागि दूतावास मात्र नभएर तत्कालिन सभामुख ओनसरी घर्ती , बर्तमान उर्जा मन्त्री बर्षमान पुन बर्तमान सभामुख कृष्ण बहादुर महरा देखि उपराष्टपति नन्द किशोर पुन सम्म पुगेका थिए । भने दिल बहादुरको रिहाइको लागि चाहिने रकम रु ६७ लाख रुपैया परराष्ट मन्त्रालयमा जम्मा गरि सकिएको छ । सँगै नेपाली जन प्रगतिशील मञ्च साउदी अरबले साउदी अरबका पीडित श्रमिकहरुलाई सहयोग लगायत विभिन्न समयमा जस्तो विभिन्न समयमा बाढीप ीडित राहत तथा उद्धार, धुर्मुस सुन्तली साँझ , मेरुदण्ड पिडीत सुरेन्द्र बञ्जन उपचार,विभिन्न जिल्लामा भएको अागो लागि पिडीत,ईराकमा बेचिएकी चेलिको उद्धारका निमित्त र कुमार राना र दिल ब.घर्ती मगर बचाउ अभियानहरुमा ६,०७,३७१(छ लाख सात हजार तिन सय एकहत्तर ) सहयोग गरि सकेको मंचका कोषाध्यक्ष स्वागत पुनले जानकारी गराएका छन भने साउदी अरबमा उद्धार तथा पिडीतहरुको लागि कानुनी सहयोग देखि लिएर आर्थिक तथा खान बस्न सम्म ब्यावस्था गर्दै उद्धार पछि नेपाल फर्किने पीडित नेपालीलाई हवाइ टिकट सम्म सहयोग गरिएको छ
भने अध्यक्ष कमल शाही निर्मलले अभियानमा सहयोग गर्नु हुने सबैलाई एकमुष्ट धन्यवाद दिएका छन
भने आगामी दिन हरुमा पनि मजदुरको हितका लागि सहयोगको अपेक्षा समेत गरेका छन ।नेपाली जन प्रगतिशील मञ्च साउदी अरब सधै मजदुर कै पक्षमा हितको लागि काम गर्दै आएको जानकारी गराएको छ ।