कोरोना कहर : संक्रमित ३५ लाख नाघे, दुई लाख ४७ हजारभन्दा बढीको मृत्यु – EsancharPati
कोरोना कहर : संक्रमित ३५ लाख नाघे, दुई लाख ४७ हजारभन्दा बढीको मृत्यु

कोरोना कहर : संक्रमित ३५ लाख नाघे, दुई लाख ४७ हजारभन्दा बढीको मृत्यु

काठमाडौं, २२ वैशाख । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३५ लाख लाख नाघेको छ। यस्तै ज्यान गुमाउनेको संख्या सोमबारसम्म २ लाख ४८ हजार २४५ पुगेको छ । संक्रमित मध्ये ११ लाख ५४ हजार उपचार पछि घरफिर्ता भएका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ३ हजार ४३१ जनाको मृत्यु भएको छ भने ८० हजार ८९७ जना संक्रमित भएका छन् ।यो समाचार तयार पार्दासम्म संक्रमित हुनेको संख्या ३५ लाख ६ हजार ९२४ जना पुगेको छ । कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६८ हजार नाघेको छ ।योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६८ हजार ५६६ पुगेको हो ।

Share This
  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares