किम जोङ सार्वजनिक, उत्तर र दक्षिण कोरिया बिच गोली हानाहान – EsancharPati
किम जोङ सार्वजनिक, उत्तर र दक्षिण कोरिया बिच गोली हानाहान

किम जोङ सार्वजनिक, उत्तर र दक्षिण कोरिया बिच गोली हानाहान

काठमाडौं । विभिन्न अडकलबाजिका बाबजुद उत्तर कोरियाका नेता किम जोङ उन हिजो मात्रै सार्वजनिक रुपमा देखापरेका थिए । तर फेरी आज बिहानै उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा दुवै क्षेत्रबाट व्यापक गोली हानाहान भएको बीबीसीले जनाएको छ ।

आफ्ना तर्फ कोही पनि घाइते नभएको दक्षिण कोरियाले जनाएको छ भने उता उत्तर कोरियाले हानेको गोली आफूहरुको चेकपोस्टमा लागेको जनाएको छ । उत्तर कोरियाका तर्फबाट गोली हान्न थालेपछि आफूहरुले पनि गोली चलाएको त्यहाँको सेनाले जनाएको छ । लगभग पाँचवर्षपछि पहिलोपल्ट दुवै देशबीच गोली हानाहान भएको बीबीसीले जनाएको छ ।

Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares