दिल्ली प्रहरीको एउटै बटालियनका १२२ जनामा संक्रमण – EsancharPati
दिल्ली प्रहरीको एउटै बटालियनका १२२ जनामा संक्रमण

दिल्ली प्रहरीको एउटै बटालियनका १२२ जनामा संक्रमण

बैशाख २० । दिल्लीमा केन्द्रीय रिजर्व पुलिस फोर्सका १२२ जवान दुई हप्ताभित्रै कोरोना भाइरसबाट संक्रमित भएको समाचार संस्था पिटिआईले जनाएको छ । अझै पनि १०० जवानको रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ । सिआरपिएफका जवान संक्रमित भएपछि चासो अधिक भएको छ । स्वास्थ्य मन्त्रालयले सिआरपिएफका प्रमुखसँग के कारणले जवानहरुलाई संक्रमित हुनबाट रोक्न सकिएन भनेर जानकारी लिएको खबरमा उल्लेख छ। सिआरपिएफको ३१ बटालियन क्याम्प दिल्लीको मयूर विहार फेस–३ मा रहेका जवान संक्रमित भएका हुन् । सो बटालियनमा पछिल्लो दुई दिनमा संक्रमणको दर उच्च भएको जनाइएको छ । यो हप्ताको सुरुमा एक जवानको सफदरजंग अस्पतालमा निधन भएको थियो । शुक्रबार बटालियनका १२ जनामा संक्रमण पुष्टि भएको हो । दुई दिनअघि ४५ जना जवानमा संक्रमण पुष्टि भएको थियो ।

उनिहरुको मंडावलीमा उपचार भइरहेको बताइएको छ । सिआरपिएफएका एक पारामेडिकल स्टाफबाट जवानहरुमा संक्रमण फैलिएको आशंका छ ।
यसै महिनाको सुरुवातमा ती पारामेडिकल स्टाफमा कोरोना भाइरसको लक्षण देखिएको थियो । अप्रिल २१ मा उनी संक्रमित रहेको पुष्टि भएको थियो । उनलाई दिल्लीको राजिव गान्धी अस्पतालमा भर्ना गरिएको थियो ।

Share This
  • 30
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    30
    Shares