बिदामा नेपाल आयका कामदार लाई ,चार्टर्ड विमानमार्फत कोरिया फर्काउने तयारी – EsancharPati
बिदामा नेपाल आयका कामदार लाई ,चार्टर्ड विमानमार्फत कोरिया फर्काउने तयारी

बिदामा नेपाल आयका कामदार लाई ,चार्टर्ड विमानमार्फत कोरिया फर्काउने तयारी

साेल। कोरोना भाइरसको संक्रमण फैलनअघि नै विदामा नेपाल आएका श्रमिकलाई चाटर्ड विमानमार्फत दक्षिण कोरिया पठाउने तयारी भएको छ । बिदा लिएर दक्षिण कोरियाबाट नेपाल आयका नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायीलाई नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत कोरिया फर्काउन तयारी गरियको छ्।

यसका लागि नेपाल एयरलाइन्स र एनआरएनए केन्द्रीय कमिटीबीच सम्झौता भइसकेको र पहिलो चरणमा अप्रिल ३० तारिखमा फ्लाइट हुनेछ । जसमा भिसा सकिन लागेकालाई प्रथमिकता दिइ उडाइने बतायिएको छ।

यसरी फर्किने श्रमिकले टिकटवापत एक लाख १३ हजार ७७५ रुपैँया अप्रिल २९ तारिख दिउँसो २ बजेभित्र बुझाउनुपर्ने र कोरिया फर्केपछि अनिवार्यरूपमा १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्नु पर्ने र सेल्फ क्वारेन्टाइनको व्यवस्था गर्न नसक्नेहरूले इन्छन एयरपोर्टको हेल्प डेस्कमा सम्पर्क गरी दिनको एक लाख कोरियन वन तिरेर क्वारेन्टाइनको सुविधा लिनसक्ने पनि बताइएको छ।

Share This
  • 37
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    37
    Shares