एसियाले गम्भीर आर्थिक पीडाको सामना गर्नुपर्ने: विश्‍व बैंक – EsancharPati
एसियाले गम्भीर आर्थिक पीडाको सामना गर्नुपर्ने: विश्‍व बैंक

एसियाले गम्भीर आर्थिक पीडाको सामना गर्नुपर्ने: विश्‍व बैंक

नोभेल कोरोना भाइरसको महामारीका कारण हुने आर्थिक गिरावटले पूर्वी एसिया र प्यासिफिक क्षेत्रका दुई करोड ४० लाख मानिसलाई गरिबीबाट उकास्‍नेबाट रोकिने विश्‍व बैंकले जनाउदै महामारीका कारण एसियाली मुलुकहरुले गम्भीर आर्थिक पीडाको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।

विश्‍व बैंकले हालै सार्वजनिक गरेको रिपोर्ट अनुसार कोरोना भाइरसको संक्रमणका कारण पूर्वी एसिया र प्यासिफिक क्षेत्रका सबै मुलुकहरुले ‘गम्भीर आर्थिक पीडाको सामना गर्नुपर्ने’ उद्योगधन्दामा काम गर्ने मानिसहरुले ‘उच्‍च जोखिम’को सामना गर्नुपर्ने छ ।

जसमा थाइल्‍यान्डको पर्यटन क्षेत्र र प्यासिफिक टापुसहित भियनाम र कम्बोडियाका उत्पादन क्षेत्रमा काम गर्ने मानिसहरुलाई यसको जोखिममा रहेको बताइएको छ । बैंकले दुई करोड ५० लाख मानिसहरु चिनियाँसहित ३ करोड ५० लाख मानिसहरु गरीबीबाट माथि उठ्‍न नसक्‍ने प्रक्षेपण गरेको छ । विश्व बैंकका अनुसार गरिबीको रेखा भन्‍नाले दैनिक ५.५० अमरिकी डलरभन्दा कम आय भएका मानिस हो ।

Share This
  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares