सेल्फ क्वारेन्टाइनमा साउथ सुपरस्टार प्रभास – EsancharPati
सेल्फ क्वारेन्टाइनमा साउथ सुपरस्टार प्रभास

सेल्फ क्वारेन्टाइनमा साउथ सुपरस्टार प्रभास

मुम्बई(एजेन्सी) । चीनबाट फैलिएको कोरोना भाइरसको कहर विश्वभरी कायमै छ । जोकोही पनि यो भाइरसबाट डराइरहेको अवस्था छ । बलिउड स्टारहरु आफ्नो फ्यानलाई सामाजिक सन्जालमा पोस्ट तथा भिडियोमार्फत सतर्क रहन आग्रह गरिरहेका छन् । शाहरुख खान, अनुपम खेर, अक्षय कुमार, कार्तिक आर्यन र अमिताभ बच्चन यो चेतना अभियानमा जोडिएका छन् । कैयौं स्टारले सुटिङ नै रोकेर देश फर्किइसकेका छन् ।

यो मामलामा ‘बाहुबली’ फेम साउथ सुपरस्टार प्रभास पनि जोडिएका छन् । विदेशमा भइरहेको फिल्मको सुटिङ कोरोनाकै कारण रोकेर उनी स्वदेश फर्किइसकेका छन् । उनले यो कुराको जानकारी सामाजिक सन्जालमार्फत दिएका छन् । प्रभास आफ्नो आगामी फिल्म ‘प्रभास २०’को सुटिङका लागि जर्जियामा थिए । उनी घर फर्किएपछि सेल्फ क्वारेन्टाइनमा छन् ।

‘विदेशमा सुटिङ गरेर सुरक्षित रुपमा स्वदेश फर्किएको छु । कोरोना भाइरसको बढ्दो खतरालाई मध्यनजर गर्दै मैले सेल्फ क्वारेन्टाइनमा जाने निर्णय लिएको छु । आशा छ कि तपाईहरु पनि यसबाट बच्नका लागि कैयौं सुरक्षित उपाय अपनाइरहनुभएको छ’, प्रभासले सामाजिक सन्जालमा लेखेका छन् । यो फिल्ममा प्रभासका साथ अभिनेत्री पूजा हेगडे पनि छिन् ।

Share This
  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares