नेपाली महिला फुटबल टिम फाइनलमा

नेपाली महिला फुटबल टिम फाइनलमा

काठमाडौं 2,भारतमा सञ्चालन भइरहेको हिरो महिला गोल्डकप फुटबल प्रतियोगिताको नेपाली टोलिफाइनलमा पर्बेस गरेको छ् म्यानमारले बुधबार भारतलाई २–० ले हराएपछि नेपालले समूह उपविजेता हुँदै अन्तिम दुई स्थान पक्का गरेको हो । अब उपाधि भिडन्तमा नेपालले शुक्रबार म्यानमारकै सामना गर्नेछ । यसअघि नेपालले इरानमाथि ३–० को जित निकालेको थियो ।
म्यानमारले लिगमा तीनवटै खेलमा जित निकाली सर्वाधिक ९ अंक जोड्यो । म्यानमार विजेता हुँदै अन्तिम दुईमा पुगेको हो । उपविजेता नेपालले ३ खेलमध्ये २ मा जित निकाली ६ अंक जोडेको छ । प्रतियोगितामा नेपाल म्यानमारसँग मात्र पराजित भएको छ । नेपालले भारतलाई दोस्रो खेलमा २–१ ले हराएको थियो । भारतको हारसँगै नेपाल उपविजेता बन्यो । भारतले ३ मध्ये एक खेलमा मात्र जित निकालेको छ । इरानले ३ खेल नै गुमायो । प्रतियोगितामा शीर्ष दुई टोली फाइनलमा पुगेका छ्न
नेपालको सानदार जितमा स्ट्राइकर सावित्रा भण्डारीले २ गोल गरिन् भने अनिता बस्नेत १ गोल गर्न सफल भइन् । खेलको ४१औँ मिनेटमा अनिताको गोलसँगै नेपाल १–० ले अघि रह्यो । खेलको ५९औँ मिनेटमा सावित्राले नेपाललाई २–० को स्थितिमा पु¥याइन् । खेलको ८९औँ मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दा नेपालले इरानमाथि ३–० को सानदार जित रच्यो ।