भक्तपुरमा तरुल मेला शुरु

भक्तपुरमा तरुल मेला शुरु

भक्तपुर । भक्तपुरको गठ्ठाघरमा सञ्चालित भक्तपुर तरकारी बजारमा तरुल मेला शुरु भएको छ ।
आगामी माघदेखि पूर्णरुपमा सञ्चालनमा आउने तरकारी बजारमा माघे सङ्क्रान्तिलाई लक्षित गरी पुस २५ गतेदेखि शुरु भएको तरुल मेलामा तरुण किन्न जाने उपभोक्ता एवं व्यापारीको भीड लागेको छ ।
भक्तपुरकै ठूलो तरकारी बजारका रुपमा स्थापना भएको यो बजारमा तरुल किन्न कालीमाटीसम्म पुग्न नपर्ने र सस्तोमै लोकल तरुलसमेत पाइने भएपछि स्थानीयहरुको भिड लागेको छ ।
भक्तपुर तरकारी बजारका सञ्चालक श्याम बस्नेतले तराई, पहाड र भारतदेखि आयात गरिएको !! जातका तरुल यहाँ बिक्री भइरहेको बताए । तरुलको जातअनुसार ढकको रु २)) देखि रु ७)) सम्ममा बिक्री भइरहेको बताउँदै उनले माग बढ्दै गएकाले तरुलको आयात पनि बढाउँदै लगेको बताए ।
हाल तरुल, आलु, पिडालु, सख्खरखण्ड, चौम्सुर पालुङ्गोलगायत माघे सङ्क्रान्तिलाई आवश्यक तरकारीको मेला सञ्चालन गरेको उनको भनाइ छ । भक्तपुरको चारवटै नगरपालिकाका कृषकले उत्पादन गरेको तरकारी सङ्कलन !८ स्थानमा तरकारी सङ्कलन केन्द्र खोलिएको बताउँदै उनले कृषकले बजार खोज्दै भौतारिनु नपर्ने र उपभोक्ताले काठमाडौँको बजार धाउनु नपर्ने बताए ।
माघदेखि बजारमा मौसमी तथा बेमौसमी तरकारी, फलफूल, दुर्गम गाउँमा उत्पादन विभिन्न प्रकारका तरकारी, पीठो, जिउँदो माछा तथा मासु, मसला, डेरी, बेकरी क्याफे, सौन्दर्यका सामग्रीदेखि व्यापारीलाई कारोवार गर्न सहज हुने गरी सहकारी संस्थासमेत सञ्चालन गरिने भएको उनको भनाइ छ ।