बहुप्रतिभाका धनि गीतकार किरण

बहुप्रतिभाका धनि गीतकार किरण

काठमाडौँ – करिब पाँच दर्जन बढी गीत रेकर्ड गराइसकेका बहुप्रतिभाका धनि सर्जक, गीतकार किरण केसी ‘क्रोधी’ सांगीतिक क्षेत्रमा चिनाई रहनु पर्ने नाम होइन ।
फुटकर मात्र होइन उनका २ एकल एल्बम समेत बजारमा आएका छन् । सानैदेखि गीत संगीतमा रुचि राख्ने क्रोधीको पहिलो गीत २०३५ सालमा रेकर्ड भएको थियो ।
जसमा संगीतकार राम थापाको संगीतमा, प्रकाश श्रेष्ठ र राजेश्वरी श्रेष्ठले स्वर रहेको थियो ।

काठमाडौँका स्थायी बासिन्दा गीतकार किरण केसी क्रोधिले लगभग ५०० भन्दा बेसी गीत रचना गरेका छन् । उनका गीतमा राजेश पायल राइ, रामकृष्ण ढकाल, दिपक लिम्बु, सहिमा श्रेष्ठ, अन्जु पन्त, माण्डबी त्रिपाठी, शर्मिला बर्देवा, काली प्रशाद बास्कोटा, जगदीश समाल, प्रबिशा अधिकारी, नरेन्द्र प्यासी, कुमार कान्छा, मल्लिका कार्की लगायतकाले समेत गाएका छन् ।
नेपाली गीत संगीतलाई समृद्धतर्फ लैजानका लागि सर्जक तथा गीतकार किरण केसी “क्रोधी” अहिले लागिपरेका छन् ।

पहिलो एल्बम “प्रतिष्ठा” सन् २०१० मा बिमोचन गरेका उनले सन् २०१८ मा “प्रसंशा” एल्बम बिमोचन गरेका थिए िगीतकार क्रोधिले चाडैनै तेस्रो गीति एल्बम तथा आफ्ना गीतहरुलाई समेटेर गीति संग्रह समेत प्रकाशित गर्न लागेका छन् ।
सांगीतिक क्षेत्रमा गीतकारको रुपमा विभिन्न अवार्ड समेत जित्न सफल उनि गीतकार संघ नेपालका आजिबन सदस्य पनि हुन् ।
पप गीत लोक, गीत, चलचित्रका गीत तथा आधुनिक सबै खालका गीतहरु लेख्दै आएका उनी यूरोपको सांगीतिक कार्यक्रममा समेत सामेल भएका थिए ।