काठमाडौं, १५ असार । नेपाली संस्कृति र स्वास्थ्य दुवैसँग जोडिएको एक विशेष अवसर हो— असार १५ अर्थात् दही-चिउरा खाने दिन। मानो रोपेर मुरी उब्जाउने यो व्यस्त एवं थकाइलाग्दो मौसममा शरीरलाई आवश्यक ऊर्जा, पोषण र पाचन स्वास्थ्य कायम राख्न परापूर्वकालदेखि नै दही-चिउरा खाने रैथाने परम्परा रहिआएको छ। जनस्वास्थ्यविद्हरूका अनुसार दही-चिउरा केवल एउटा सांस्कृतिक परम्परा मात्र नभएर वैज्ञानिक रूपमा पनि मानव स्वास्थ्यका लागि निकै फाइदाजनक भोजन हो। खेतबारीमा धान रोपाइँको कठिन श्रम गर्ने किसानहरूका लागि यो परिकारले तत्काल ऊर्जा दिने काम गर्छ।
पाचन प्रणालीमा सुधार: दहीले पेटको स्वास्थ्य सुधार्न, पाचन प्रणालीलाई सन्तुलित राख्न तथा शरीरलाई आवश्यक लाभदायी जीवाणु (प्रोबायोटिक्स) उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्छ।
तात्कालिक ऊर्जा र स्फूर्ति: चिउरामा पर्याप्त कार्बोहाइड्रेट र ऊर्जा पाइने हुनाले दहीसँगको यसको सम्मिश्रणले शरीरलाई तत्काल स्फूर्ति प्रदान गर्छ।
जलवियोजन (Dehydration) बाट बचावट: चर्को गर्मी र हिलोमा काम गर्दा हुन सक्ने डिहाइड्रेसनबाट जोगाउन दही र मोहीको सेवन निकै उपयोगी मानिन्छ।
पहिलेको समयमा बजारमा आधुनिक खाजाहरू सहजै उपलब्ध नहुने भएकाले लामो समयसम्म नबिग्रिने चिउरा र दही खेतसम्म लैजान पनि निकै सजिलो हुन्थ्यो। आजभोलि दही-चिउरामा विभिन्न मौसमी फलफूलहरू (जस्तै पाकेको आँप, केरा) मिसाएर खाने नयाँ चलन पनि निकै बढेको छ, जसले यसको पौष्टिकतालाई अझ बढाउँछ।
विशेषज्ञहरूका अनुसार दही-चिउरा खाँदा थोरै परिमाणमा खाए पनि पेट भरिएको महसुस हुने र लामो समयसम्म भोक नलाग्ने भएकाले यसले अप्रत्यक्ष रूपमा तौल नियन्त्रणमा सहयोग पुर्याउन सक्छ। तर, दही-चिउरा खाए लगत्तै फेरि अन्य धेरै क्यालोरीयुक्त, चिल्लो र गुलियो खाना खाइयो भने तौल बढ्न पनि सक्छ।
त्यस्तै, दही-चिउरा खाँदैमा मात्रै मानसिक तनाव वा चिन्ता दूर हुन्छ भन्ने कुरा वैज्ञानिक रूपमा पुष्टि भएको छैन। मानसिक स्वास्थ्य सबल बनाउन स्वस्थ जीवनशैली, नियमित सन्तुलित आहार र पर्याप्त निद्रा नै आवश्यक हुन्छ।
स्वास्थ्यविद्हरूले दही-चिउरालाई असार १५ को एक दिन मात्र सिमित नराखेर हप्तामा एक-दुई पटक आफ्नो नियमित खानामा समावेश गर्न सुझाव दिएका छन्। विशेष गरी बालबालिकाहरूलाई चाउचाउ, बिस्कुट जस्ता बजारिया जंकफुड दिनुको सट्टा यस्ता परम्परागत स्वस्थकर रैथाने खानेकुरा खुवाउनु स्वास्थ्य र जीवनशैली दुवैका लागि उत्तम मानिन्छ।
मानो रोपेर मुरी उब्जाउने यो व्यस्त एवं थकाइलाग्दो मौसममा शरीरलाई आवश्यक ऊर्जा, पोषण र पाचन स्वास्थ्य कायम राख्न परापरु्वकालदेखि नै दही-चिउरा खाने रैथाने परम्परा रहिआएको छ। जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीका अनुसार दही-चिउरा केवल एउटा सांस्कृतिक परम्परा मात्र नभएर वैज्ञानिक रूपमा पनि मानव स्वास्थ्यका लागि निकै फाइदाजनक भोजन हो।
तात्कालिक ऊर्जा र स्फूर्ति: चिउरामा पर्याप्त कार्बोहाइड्रेट र ऊर्जा पाइन्छ। खेतबारीमा धान रोपाइँको कठिन श्रम गर्ने किसानहरूका लागि दही र चिउराको सम्मिश्रणले शरीरलाई तत्काल स्फूर्ति प्रदान गर्छ।
पाचन प्रणालीमा सुधार: दहीले पेटको स्वास्थ्य सुधार्न, पाचन प्रणालीलाई सन्तुलित राख्न तथा शरीरलाई आवश्यक लाभदायी जीवाणु (प्रोबायोटिक्स) उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्छ।
जलवियोजन (Dehydration) बाट बचावट: चर्को गर्मी र हिलोमा काम गर्दा शरीरबाट पसिनाका माध्यमबाट पानी र लवणहरू बाहिरिन्छन्। यस्तो अवस्थामा दही र मोहीको सेवनले शरीरलाई डिहाइड्रेसन हुनबाट जोगाउँछ।
आजभोलि दही-चिउरामा पाकेको आँप वा केरा जस्ता मौसमी फलफूलहरू मिसाएर खाने नयाँ चलन पनि बढेको छ, जसले यसको पौष्टिकतालाई अझ बढाउँछ।
दही-चिउरा खाँदा थोरै परिमाणमा खाए पनि पेट भरिएको महसुस हुने र लामो समयसम्म भोक नलाग्ने भएकाले यसले अप्रत्यक्ष रूपमा तौल नियन्त्रणमा सहयोग पुर्याउन सक्छ। तर, दही-चिउरा खाए लगत्तै फेरि अन्य धेरै क्यालोरीयुक्त, चिल्लो र गुलियो खाना खाइयो भने तौल बढ्न पनि सक्छ।
त्यस्तै, दही-चिउरा खाँदैमा मात्रै मानसिक तनाव वा चिन्ता दूर हुन्छ भन्ने कुरा वैज्ञानिक रूपमा पुष्टि भएको छैन। मानसिक स्वास्थ्य सबल बनाउन स्वस्थ जीवनशैली, नियमित सन्तुलित आहार र पर्याप्त निद्रा नै आवश्यक हुन्छ।
प्रतिक्रिया