भाद्र शुक्ल चतुर्दशीको दिनलाई अनन्त चतुर्दशी पनि भन्ने गरिन्छ भन्ने कुरा पंचांग पात्रो पल्टाएर नै ज्ञात हुन आउंछ । आज भन्दा २५६ वर्ष अघि यही अनन्त चतुर्दशीको तिथिको साइत पारेर नेपाल एकीकरण अभियानको आफनो संकल्पलाई राष्ट्र निर्माता पृथ्वीनारायण शाहले टुंगोमा पु¥याएको दिन भनेर पनि यो तिथिलाई संस्मरण गर्न सकिन्छ । त्यसबखत पृथ्वीनारायण शाहले गोरखा राज्य बिस्तारको भनेर मात्र संकल्प लिएको भए सायद उनको त्यो संकल्प पूरा हुंदैनथ्यो । अतः नेपाल अधिराज्यको एकीकरणको अभियानको संकल्प लिएकै कारण नै उनी सफल भएको हो । उनको यस संकल्पमा नेपाली जनताले साथ र समर्थन दिएको पनि अवश्य हो । त्यसकारण त्यो संकल्पको अगाडि उनको रुखोस्वभाव सवै गौण र क्षम्य मानेको हो । अहिले उनको स्वभावलाई लिएर निन्दा आलोचना गर्नुको कुनै तूक पनि छैन र औचित्य पनि छैन । तैपनि निन्दा गाली गर्नु भनेको आफ्नै पूर्खालाई आकासमा हेरेर थुक्नु बराबर हो । किनकि उनकै पूर्खाको साथ र समर्थन लिएरै नेपाल एकीकरण सफल भएको हो । खैर यस विषयमा लामो टिकाटिप्पणी तिर नजाऔं । यहाँ त्यही बेलाको अनन्त चतुर्दशीको दिनलाई गते र तारिखमा व्यक्त गर्दा इतिहासकारहरुले थरिथरि किसिमको मिति अघिसार्दै आएको हुनाले खास कुन चाही सही हो । त्यो कुरा निर्णय गर्ने प्रयास यहाँ गर्न खोजिएको हो ।
बावुराम आचार्य — नेपालको संक्षिप्त बृतान्त
अनन्त चतुर्दशीको जुनेली रातमा जात्राभरको निमित्त (न्हू छें)राजभवनको अगाडि रहेको एउटा डवलीमा राखिने गरेको कान्तिपुर राज्यको राजसिंहासनमा राजा पृथ्वीनारायण शाह सहसा विराजमान हुनआए ( वि.सं १८२५ आश्विन १३ गते तद्नुसार २५ सितम्वर इस ं१७६८) (पृष्ठ १६१—१६२)
बावुराम आचार्य — श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी
१७६८ का इन्द्रयात्राको समय नगीचै आइरहेको थियो ...........ज्योतिष कुलानन्द ढकालले पनि २६ सेप्टेम्वरका रातका तीन बजे शहर भित्र पस्ने साइत तोकिदिएका.......गोरखाली सैनिक कान्तिपुर शहर भित्र घुसे । (पृष्ठ ३४८— ३५०)
संशोधन मण्डल — श्री ५ पृथ्वीनारायण शाहको उपदेश( तेस्रो भाग)
शाके १६९० नेपालीसंवत् ८८८ साल भाद्र शुक्ल १४ पूर्वा फाल्गुणी नक्षत्र गण्ड योग आदित्यवार १७ घडी जाँदा वडा प्रतापी गोर्खा महाराज श्री पृथ्वीनारायण शाह कान्तिपुर प्रवेश गर्दा भया ।
यस दिनको पञ्चाड्ड यसप्रकारको छ
वि.सं १८२५ भाद्र शुक्ल
तिथि वार घडीपला नक्षत्र घडीपला योग घडीपला आश्विन १३ गते
चतुर्दशी आदित्य २६।१९ पूर्वाभाद्र ३९।३१ गण्ड २९।३४
( पृष्ठ ८७९)
बालचन्द्र शर्मा — नेपालको ऐतिहासिक रुपरेखा
ने.सं ८८८ को अनन्त चतुर्दशी(रविवार २५ सितम्वर १७६८ ई.) को दिन थियो । काठमाण्डूका नागरिक खानपानले मस्त भई हनुमानढोकाको अगाडि इन्द्रजात्राको चाड मनाइ रहेका थिए । (पृष्ठ१८१)
देवीप्रसाद शर्मा — आधुनिक नेपालको इतिहास
कुलानन्द ज्योतिषले ठह¥याएको शुभ दिन २६ सेप्टेम्वर १७६८ मा कान्तिपुरमा आक्रमण गर्ने निर्णय भयो । (पृष्ठ ८६)
डा. राजाराम सुवेदी — नेपालको तथ्य इतिहास
......जयप्रकाशको नाडी छामेका पृथ्वीनारायण शाहले
वि.सं १८२५ आश्विन १४ (१७६८ ई सेप्टेम्वर २६ ) का राति राजज्योतिष कुलानन्द ढकालको साइत अनुसार कान्तिपुरमा आक्रमण गरे । (पृष्ठ १७४)
गणेश क्षेत्री, रामचन्द्र रायमाझी— नेपालको इतिहास
इन्द्रजात्राको तेस्रो दिन २६ सेप्टेम्वर १७६८ को राती गोरखाली सेनाको एउटा दलले नरदेवीबाट............कान्तिपुर माथि आक्रमण ग¥यो ।(पृष्ठ ४७३)
गेहेन्द्रमान उदास पोखरेली — विश्लेषणात्मक नेपालको आधुनिक इतिहास
१७६८ इ ( वि.सं १८२५ अनन्त चतुर्दशी)मा इन्द्रजात्राको दिन मध्येरातमा पृथ्वीनारायण शाहले काठमाडौं राजदरवार हनुमानढोकामा तीन तिरबाट एक्कासी आक्रमण गरे ।(पृष्ठ २४)
पीताम्वरलाल यादव — नेपालको राजनीतिक इतिहास
.....सन १७६८ सेप्टेम्वर २५ मा इन्द्रजात्राको राती ३ बजे तिर आक्रमण गरियो । (पृष्ठ ७५)
डा. तीर्थ प्रसाद मिश्र — आधुनिक नेपालको इतिहास
कान्तिपुरेहरु इन्द्रजात्राको पर्वमा मस्त भइरहेका वेला इ. १७६८ सेप्टेम्वर गोरखाली फौजले तीनतिरबाट कान्तिपुरमा हमला ग¥यो । ( पृष्ठ ४१ )
यज्ञनाथ आचार्य — नेपालको इतिहास
जात्राको तेस्रो दिन २६ सेप्टम्वर १७६८ ई कै रातमा गोरखाली सैनिकहरु शहर भित्र प्रवेश गर्दै ढोका फोरी नगरकोटी सैनिकहरुलाई हताहत पार्दै तीनतिरबाट हनुमानढोका तर्फ अगाडि बढे ।......वि.सं १८२५ भाद्र १४ गते को रातमा २।४ घण्टा गोरखाली सैनिकसंग मुकाविला गरी अन्तमा जयप्रकाश मल्ल ......भागेर ललितपुरमा शरण लिन पुगे ।( पृष्ठ ३१)
इतिहासकारहरुका भनाइ तिर हेर्दा कहिले २५ सेप्टेम्वर भन्ने कहिले २६ सेप्टेम्वर भन्ने गरिएकोबाट अडकलको आधारमा भनेको जस्तो देखियो । तारिख गणना गरेर हेरियो भने यही हो भन्ने टुंगो लाग्ने हुंदा हुंदै त्यतातिर ध्यान नै नदिएको जस्तो पनि देखिन आएको छ । आजकल अनन्त चतुर्दशी कति गते कति तारिख पर्दो रहेछ भन्ने १० वर्षको पात्रो हेर्दा यस्तो देखिन्छ ।
यी १० वर्षका क्यालेण्डरमा असोज १३ गते सेप्टेम्वर २५,२६ कहिल्यै परेको देखिएन । यँलाथ्व, अनन्त चतुर्दशी, भाद्रशुक्ल चतुर्दशी पनि असोजको १३ गते पर्न आएको देखिएन र सेप्टेम्वर २६ पनि पर्न आएको देखिएन । अहिलेको इस्वी सनको क्यालेण्डर जुलियन हो या ग्रेगोरियन हो त्यो पनि कतै खुलाइएन । उहिलेको क्यालेण्डर पनि जुलियन वा ग्रेगोरियन हो खुलाइएको छैन । यस बारेमा सम्वन्धित विज्ञहरुले बताउनु पर्ने हो ।
नेपालसंवत् शुरु हुंदा इस्वी सन् ८७९ अक्टोवर २० तारिख परेको भनेर मान्नेहरु धेरै भएकोले त्यही तारिखलाई आधार मानिएको हो । अक्टोवर २० भनेको लगभग कार्तिकको ६ या ७ गते पर्न आउने हुन्छ । प्राय गतेको तारिख अनुमान गर्न सजिलो छ तर तारिखको गते अनुमान गर्न गाह्रो छ । किनकि गते ३२ सम्म पनि हुने गर्छ ।
मुख्यतः तालिकामा हेर्दा नेपालसंवत् र विक्रमसंवत् बीचको अन्तर ९३५ र ९३६ को अन्तर देखिन्छ भने नेपालसंवत् र इस्वीसनको बीच पनि ८७८ र ८७९ को अन्तर रहेको स्पष्ट देखिन आउंछ ।
हाल आएर नेपालसंवत् र विक्रमसंवत्मा ९३६ र ९३७ को अन्तर देखा पर्न आउने र नेपालसंवत् र इस्वीसनमा पनि ८७९ र ८८० अन्तर देखा पर्नाको कारण के हो ? यो कुरा जुलियन र ग्रेगोरियन क्यालेण्डरका विज्ञहरुले पनि बताउन सकिरहेका छैनन् । यो वडो कौतुकमय विषय भइरहेको छ । यस विषयमा घघरान इतिहासकार भनाउंदाहरुले अहिले सम्म पनि चासोसम्म पनि राखेको देखिएको छैन ।
यही विषयमा घोत्लिंदा घोत्लिंदै जुलियन पद्धतिलाई ग्रेगोरियनले बिस्थापित गरेको हो र यही ग्रेगारियन पनि ई. १७५२ देखि संशोधन भइ ग्रेगोरियन पनि बिस्थापित भइसकेको हुनाले अहिले आएर फेरि ग्रेगोरियनबाट यसो उसो भनीरहँदा तालमेल कहींकतै मिल्न आइरहेको छैन, यो यथार्थलाई महशूस हुन नितान्त आवश्यक छ । ई १७५२ को संशोधनलाई महशूस गर्न नचाहनेहरुबाट नै अनेक थरिका भ्रमहरु छर्दै आएको देखिएको छ । यसैको परिणाम स्वरुप डिसेम्वर २१ देखि सूर्य उत्तरायण हुन थालेको समेत भ्रम फैलाइ आएको छ ।यसमा बेलैमा सतर्क हुन सकिएन भने बिकृतिले बिकराल रुप नलेलान् नै भन्न सकिन्न ।
नेपालसंवत् ८८८ शाके १६९० भाद्र शुक्ल चतुर्दशी आदित्यवारको तारिख गणना गर्दा के आउंदो रहेछ परीक्षा गरेर हेरौं
तारिख गणना
तिथिमिति = नेसं ८८८ भाद्रशुक्ल चतुर्दशी आइतवार
नेसं ८८८ मा ८०२ जोड गरे पछि लिच्छवि संवत् १६९० आउंछ । यही १६९० लाई यहाँ शाके पनि भनिएको छ । वास्तवमा यो शकसंवत् होइन । यो शक पूर्व २ को भएकोले शक १६८८को कार्तिक देखि १६८९ को असोज सम्म रहने हो भन्नु पर्दछ ।
यहाँ गणना गर्न लागेको मिति नेसं ८८८ भाद्र शुक्ल भएकोले तद्नुसार शक १६८९ भाद्र शुक्ल हुन्छ । यस १६८९ मा ७८ जोडे भने इस्वी १७६७ हुन आउंछ । तर विदेशी इतिहासकारहरुले नेसं ८८८ भाद्र शुक्ल चतुर्दशीलाई इस्वी १७६८ लेख्ने गरेको पाइन्छ । यसको मतलव ई १७५१ भनेकै ई १७५२ गरिनुको परिणाम हो र त्यहीवेला नेपालमा शाके १६९० लाई पनि शकसंवत्मा लगेर समाहित गरिएको खुलासा हुन आउंछ । किनभने यहीबेला देखि नेपालसंवत्मा ८७९ र ८८० जोड्न पाइएको हो । ई १७५२ भन्दा अघि ८७८ र ८७९ मात्र जोड्न पाइन्थे । अहिले पनि कुनै मिति १७५२ भन्दा अघिको भए ८७८ र ८७९ नै जोडने हो । यही कुरा सिद्ध गर्न यहाँ गणनाको माध्यमलाई अपनाएको छ ।
अधिमास तालिकामा शक १६८९ को वर्षमा अधिमास परेको छैन । इश्वी १७६७ साधारण वर्ष हुन्छ भने १७६८ मानियो भने यो प्लुट वर्ष( लिपयर) हुन्छ किनकि १७६८लाई ४ ले निशेष भाग लाग्छ । अतः यहाँ १७६७ मानेर एक चोटी गणना र १७६८ मानेर एक चोटी गणना गरी दुइ चोटी गणना गरेर हेर्नु पर्ने खण्ड आएको छ । १७६७ भनेको १७५२ पछिको भएको हुनाले नवीन रीतले गणना गर्नु पर्ने हुन्छ ।
१७६७ मानेर गरिएको गणना
तिथिगण(अमान्तमानले) = चै १,वै१,जे१ अ१,श्रा१ +भाद्र शुक्ल चतुर्दशी(१४) =३० गुणा५ं+१४=१६४ दिन । १६४ —१२ = १५२ ।
१७६८ मानेर गरिएको गणना
नेसं ८८८ मा ८०२ जोड गरे पछि लिच्छवि संवत् १६९० आउंछ । यही १६९० लाई यहाँ शाके पनि भनिएको छ । वास्तवमा यो शकसंवत् होइन । यो शक पूर्व २ को भएकोले शक १६८८को कार्तिक देखि १६८९ को असोज सम्म रहने हुन्छ ।
यहाँ गणना गर्न लागेको मिति नेसं ८८८ भाद्र शुक्ल भएकोले तद्नुसार शक १६८९ भाद्र शुक्ल हुन्छ । यस १६८९ मा ७८ जोडे भने इस्वी १७६७ आउंछ । तर विदेशी इतिहासकारहरुले नेसं ८८८ भाद्र शुक्ल चतुर्दशीलाई इस्वी १७६८ लेखी दिए । यसको मतलव १७५१ भनेकै १७५२ गरीसकेको कारणले हो त्यतिमात्र होइन नेपालमा शाके १६९० लाई पनि शकसंवत्मा समाहित गरिएको कारणले इं १७६८लाई शक १६९० बनाउनु परेको हो । अधिमास तालिकामा शक १६९० को वर्षमा श्रावणमा अधिमास परेको छ ।
ई १७६८ को वर्ष प्लुट वर्ष( लिपयर) पनि हुन्छ किनकि १७६८लाई ४ ले निशेष भाग लाग्छ । १७६८ भनेको १७५२ पछिको भएको हुनाले नवीन रीतले गणना गर्नु पर्ने हुन्छ । शाके १६९० भनेको शक होइन तथापि यसलाई शक मान्नु पर्ने बाध्यता आइ शक १६९० श्रावणमा अधिमास परेकोले अधिमास समेत गणना गर्नु पर्ने हुन आउंछ ।
तिथिगण(अमान्तमानले) = चै १,वै१,जे१ अ१,श्रा१,अधिक श्रा१ +भाद्र शुक्ल चतुर्दशी(१४) =३० गुणा ६+१४=१९४ दिन । १९४ —२३ = १७१ ।
निर्णय ः
हाल नेपालसंवत् र विक्रमसंवत्को वर्षको बीचमा अन्तर गरी हेर्दा ९३६ र ९३७ को अन्तर देखा पर्न आउने र नेपालसंवत् र इस्वीसनमा पनि ८७९ र ८८० अन्तर देखा पर्न आउने र उहिले ९३५ र ९३६ देखापर्ने र ८७८ र ८७९ देखा पर्ने किन भएको भन्ने कुराको निक्र्यौल कसैले दिन सकिरहेको अवस्था थिएन । यो कुरा आम इतिहासकारहरुले महसूस गर्दै आएको विषय पनि हो ।
यही कुरालाई सम्वोधन गर्नको लागि माथि दिइएका गणना तालिकाले स्पष्ट पार्दछ । ई १७५१ मा ब्रिटेनका प्रोटेष्टेण्टहरुले सेप्टेम्वर २ को भोलिपल्ट सेप्टेम्वर १४ बनाइएको मात्र नभइ १७५१ लाई नै १७५२ समेत बनाइ हिसाव मिलान गर्ने क्रममा नेपालमा नेपालसंवत् सित ८०२ वर्ष फरक भएको लिच्छविसंवत्लाई शकसंवत् संग मिलान गर्न ल्याइयो । यसको मतलव के हेक्का रहनु जरुरी छ भने लिच्छविसंवत् लिच्छविकाल देखि शकसंवत् सित मिलान भएको चाहीं बिल्कूलै होइन ।
अतः ई १७५२ भन्दा अघिको मिति देखापर्न आएमा नेपालसंवत्मा ८७८ र ८७९ जोड्नु परेपछि सोही अनुरुप ८०० र ८०१ जोडेर शकसंवत् बनाउनु पर्दथ्यो भने ई १७५२ भन्दा पछिको मिति देखा पर्न आएमा नेपालसंवत्मा ८७९ र ८८० जोड्नुपर्ने हुन्छ । सोही अनुरुप यहाँ देखि उपरान्त मात्र नेपालसंवत् र शकसंवत् बीचको अन्तर पनि ८०१ र ८०२ गर्नु परेको हो । यो कुराको यथार्थ नबुझ्नेहरु लिच्छविकालमा चलेको संवत् शकसंवत् र मानदेव संवत् चलेको भनेर खाली भ्रमको खेती मात्र गर्दै आइरहेका छन् । यदि नेपालसंवत् र इस्वी संवत् बीचको सम्वन्धमा ई १७५२ को सुधार कति महत्वपूर्ण छ भन्ने कुरा यही लेखको मार्फत बुझ्नको लागि प्रयास गरोस् भन्ने नै यसको मूल अभिप्राय हो । साथसाथै श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको अतुलनीय देनका कारण नै हामी नेपाली जनताले अहिलेसम्म आफु नेपालीे हु भनी पहिचान सहित गौरव गर्न पाइ रहेका छौं । किनभने उनले नेपाल एकीकरणको अभियानको शिलान्यास गरेकै कारणले हो । यो कुराको अवमूल्यन कहिल्यै कसैबाट नहोस् ।
प्रतिक्रिया