×

सिन्धुपाल्चोकको तीन पालिका जोड्ने मेलम्ची नदीमा बेलिब्रिज निर्माण हुने

images

काठमाडौं । सिन्धुपाल्चोकको तीन पालिका जोड्ने मेलम्ची नदीमा बेलिब्रिज निर्माण हुने भएको छ । मेलम्ची पारिको वडा नं ९ र १० तथा पाँचपोखरी थाङ्पाल र इन्द्रावती

गाउँपालिका जोड्ने सो पुल निर्माण भएपछि त्यहाँका नागरिकले प्रत्यक्ष लाभ लिनेछन् भने सदरमुकाम चौतारा जाने छोटो दूरीको ‘रुट’का रुपमा समेत यस सडक प्रयोग हुँदै आएको छ ।

नेपाली सेनाको इञ्जिनियरिङ विभाग, १४ नं वाहिनी अड्डाबाट आएको टोलीले अध्ययन सर्वेक्षण गरेको थियो । २०७८ साल असार १ गते आएको बाढीले पक्की पुल बगाउँदा यहाँका नागरिकहरुले बर्खाको समयमा सास्ती खेप्दै आएका छन् । हिउँदको समयमा ह्युमपाइप राखेर सडक सञ्चालन गर्ने गरिएको भए पनि बर्खा लागेसँगै समस्या हुने गरेको छ ।

बुधबार २४ जेठ २०८० ०७:१७ PM मा प्रकाशित

प्रतिक्रिया