October 22, 2021, Friday
५ कार्तिक २०७८, शुक्रबार

कांग्रेस सांसदद्वारा राष्ट्रिय सभा बैठकमा सरकारको विरोधमा कालो टोपी प्रदर्शन

नेपाली कांग्रेसका सांसदले राष्ट्रिय सभा बैठकमा सरकारको विरोधमा कालो टोपी प्रदर्शन गर्नुभएको छ ।

Advertisement

कांग्रेस सांसद रमेशजंग रायमाझीले सरकार र प्रतिनिधि सभा विघटनविरूद्ध सांकेतिक रूपमा कालो क्याप देखाउनुभएको हो । मैले यो सदनमा टोपी लगाएँ होलाु, रायमाझीले भन्नुभयो ,आज क्याप लगाएर प्रवेश गरेको छु। सदनमा कालो झण्डा देखाउने अवस्था नभएकाले प्रधानमन्त्रीको कदमविरूद्ध सदनले थाहा पाओस् कालो झण्डाका रूपमा प्रस्तुत गरेको छु।

उहाँले आफूले नगरपालिकामा बस्दा समेत कहिल्यै क्याप नलगाएको उल्लेख गर्नूँभयो । मैले मोरङको सुदरहरैंचा नगरपालिकामा बस्दा पनि क्याप लगाएको थिइनँ। आज झन्डाको रूपमा सांकेतिक रूपमा सरकार र प्रतिनिध सभा विघटनविरूद्ध आवाज उठाएको छु।

रायमाझी राष्ट्रिय सभा बैठकमा सहभागी हुन कालो क्याप, कालो सर्ट, कालो कोट लगाएर जानुएको थियो । रायमाझीले लकडाउनको अवस्था नभएको भए प्रतिनिधि सभा विघटनविरूद्ध लाखौं मान्छे कालो झन्डा बोकेर सडकमा निस्कने अवस्था रहेको तर्कसमेत गर्नुभयो ।