फिफाका पूर्वअध्यक्ष सेप ब्लाटरलाई पुन: भ्रष्टाचारको आरोप

फिफाका पूर्वअध्यक्ष सेप ब्लाटरलाई पुन: भ्रष्टाचारको आरोप

पौष ८ । फिफाका पूर्वअध्यक्ष सेप ब्लाटरमाथि पुन: भ्रष्टाचार गरेको आरोप लागेको छ । उनीविरुद्ध फिफाले उजुरी समेत गरिसकेको जनाइएको छ । स्विट्जरल्याण्डको जुरीचमा फिफा म्यूजियम बनाउने बेलामा उनले उच्च रकम भ्रष्टाचार गरेको उजुरीमा उल्लेख गरिएको छ ।

फिफा म्यूजियम बनाउने बखतमा ब्लाटरसहित अन्य फिफा पदाधिकारीको संलग्नता रहेको बताइएको छ । विश्वकपको आयोजक देशको निर्णय गर्दा रकम लिएको भनि सेप ब्लाटरलाई सन् २०१५ मा भ्रष्टाचारको आरोप लागि उनले पदबाट राजिनामा दिनुपरेको थियो ।

Share This
  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares